वालिङका नगरप्रमुख खाँणद्वारा पदभार ग्रहण
गह्रौ प्राथमिक अस्पताल वालिङमा सिएस सेवाको सञ्चालनमा ल्याउने
वालिङ, ९ जेठ– वालिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखले सोमबार पदभार ग्रहण गर्नुभएको छ । सोमबार पुजाआजा सहित नगरप्रमुख कृष्ण खाँण र उपप्रमुख कविता तिवारीले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण संगै प्रमुख कृष्ण खाँणले गह्रौ प्राथमिक अस्पताल वालिङमा एक वर्ष भित्र सिएस अर्थात सिजारियान् सेक्सन सेवाको स्थापना गर्ने र ग्रामिण दुई सडकको तत्काल स्तारोन्नति गर्ने निर्णय गर्नुभएको छ । पदभार ग्रहण संगै नगरप्रमुख खाँणले दुई निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सिएस सेवा भनेको नर्मल डेलिभरी हुन नसकेका महिलाहरुका लागि अपरेशन गरी बच्चा जन्माउने सेवा हो ।
वालिङका नागरिक डेलिभरी सेवाका लागि जिल्ला अस्पताल स्याङ्जा, पाल्पा र पोखराका विभिन्न अस्पताल धाउनुपर्ने बाध्य छ् । सिएस सेवासंगै दुई जिल्लाका महिलाहरु लाभान्वित हुनेछन ।
पर्वतका केही पालिका र जिल्लाका गर्भवती महिलाहरु लाभान्वित हुनेछन । यस्तै वालिङ १२ डाँडाखर्क र वालिङ १४ अर्खलबासको ग्रामीण सडक स्तरोन्नति गरिने निर्णय गरिएको छ । उक्त दुई ग्रामिण सडकखण्ड स्तरोन्नति गरी थप दुर्घटनाको जोखिमलाई हटाउन यस्तो निर्णय गरिएको नगरप्रमुख खांणले बताउनुभयो । डाँडाखर्कमा गत बैशाख ४ गते जीप दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना घाइते भएका थिए । दुर्घटनामा सात महिना बच्चा र आमाको मृत्यु भएको थियो ।
यसैगरी ३० गते निर्वाचनका दिन मतदाताबोकेको जीप अर्खलबासमा दुर्घटना हुँदा एक गर्भवती सहित १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना ९ जना घाइते भएका थिए । घाइतेहरुको उपचार भैरहेको छ ।
ताजा
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार























