निर्वाचित जनप्रतिनिधिलाई वालिङमा सम्मान

वालिङ,७ जेठ– नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमाले वालिङ नगर कमिटीले सम्मान गरेको छ । एक कार्यक्रमका विच वालिङमा गल्याङ र वालिङ बाट स्थानीय वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका वालिङ नगरपालिकामा निर्वाचित नगर प्रमुख वडा अध्यक्षका साथै सदस्यहरु र गल्याङ नगरपालिकाबा निर्वाचित भएका वडा अध्यक्षका साथै सदस्यहरुलाई सम्मान गरिएको हो ।

नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्दै निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिनुभएको छ । बधाई तथा शुभकामना दिदै एमाले नेतृ अर्यालले जनताको चाहाना र जनभावना अनुसार काम गर्न आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । पाँच दलिय गठबन्धनका घेरा बन्दिका बाबजुत पनि नेकपा एमालेले जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएकोमा सबै नेता एवं कार्यक्रताहरुलाई धन्यवाद दिदै पार्टीलाई थप एकताबद्ध बनाएर लैजानुनै अहिलेको अवश्यकता भएको बताउदै निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई आफ्नो जिम्मेवारीलाई सहज र सरल पुरा गर्ने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी उपाध्यक्ष एवं प्रदेश सभा सदस्य मोहन रेग्मीले पार्टीले स्थानीय तहको निर्वाचना विभिन्न बाधा र अड्चनहरुका विचमा पनि राम्रो नतिजा ल्याउन सफल भएको बताउदै सबै जना बधाइको पात्र भएको र पार्टी भित्र केही समस्या भए त्यसको पार्टी भित्रै बसेर समिक्षा गर्दै समस्या समाधान गरेर अगाडी बढ्ने बताउनुभयो ।

यसै गरी नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष सूर्य प्रसाद गैरे (पारस) ले पार्टीले केही ठाँउमा विभिन्न प्राविधिक कारणले पराजय भोग्नुपरेको बताउदै निर्वाचनमा विजयी भएका उम्मेदवारहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले निर्वाचमा सहयोग पुर्याउने सिंगो पार्टीका साथै सम्पूर्णलाई धन्यवाद दिदै आफुले जनचाहान अनुसार पार्टीको सिर ठाडो हुनेगरी काम गर्ने बताउनुभयो । कार्यक्रममा सचिवालय सदस्य खगिसरा थापा, गल्याङ नगर कमिटी अध्यक्ष दानबहादुर थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रम वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षता र सचिव यामकान्त खनालको सञ्चालनमा सम्पन्न भएको थियो । यसै विच नेकपा एमाले नगर कमिटी वालिङले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहयोग पुर्याउने सबैलाई हार्दिक धन्वाद एवं आभार प्रकट गरेको छ ।

ताजा

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal