फेदीखोलाको समृद्धिका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न अध्यक्षका उम्मेदवार सुवेदीको आग्रह

फेदीखोलाको समृद्धिका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न अध्यक्षका उम्मेदवार सुवेदीको आग्रह

वालिङ,२७ वैशाख– फेदीखोला गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बन्नुभएका घनश्याम सुवेदीले यस अघि सुरु भएका कार्यहरुलाई सम्मपन्न गर्न आफुले उम्मेदवारी दिएको बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचन २०७० मा विजयी भएपछि फेदीखोला गाउँपालिकाको अध्यक्षको जिम्मेवारी समाले संग पाँच वर्षको अवधिमा गरेका कामले चर्चामा आउनुभएका सुवेदी आफुले सुरु गरेका योजना र पालिकाको समग्र विकासको खाकालाई पूर्णता दिनको लागि यस पटकको निर्वाचनमा दोहोरिएको बतानुभएको छ ।

पालिकाको अध्यक्षमा निर्वाचित भए संगै सुवेदीले पालिकामा संचालन गरेका योजना र कार्यक्रम साचिकै अरु पालिकाको लागि समेत अनुसरण गर्न लायक खालका थिए । सुवेदीले गाउँपालिका भित्र रहेको बाँझो जमीनमा खेती गर्ने किसानलाई रोपनीका आधारमा अनुदान, मजदुर सञ्चय कोषको स्थापना, वैदेशिक रोजगारीबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई समुहमा सहभागि भएर उत्पादन एवं रोजगारमूलक कामको लागि विउपुँञ्जीका रुपमा गाउँपालिकाले रकम उपलब्ध गराउने नीति बनाएर कार्यान्वयनमा ल्याउनुका साथै कृषकहरुलाई उत्पादनमा आधारित अनुदानका साथै उत्पादित कृषि जनन्य वस्तु तरकारी कृषकको घरघरमै पुगेर खरिद गर्ने लगायतका महत्वपूर्ण र प्रत्यक्ष किसानलाई सहयोग पुग्ने खालका कार्यले पालिका बासिको मन जित्न सफल हुनुभएका सुवेदीले पालिका बासिलाई थप विकास र समृद्धिको यात्रामा अगाडी बढाउन पुन उम्मेदवार बनेर आएको बताउनुभयो ।

कोरोनाको समयमा सुवेदीले पालिका बासिका लागि गरेको ब्यवस्थापनले जिल्लामै चर्चा पाएको थियो भने जिल्लामै अक्सिजनको पलान्ट स्थापना गर्न समेत सुवेदीले अग्रसरता लिएर काम गर्नुभएको थियो । सरकारी विद्यालयहरुमा विद्यार्थी र अभिभावकहरुको आकर्षण घट्दै गहिरहेको बेला फेदीखोला गाउँपालिकामा भने विद्यालयलाई प्रविधिमैत्रीका साथै शैक्षिक क्षेत्रमा सुधार भएको गुणस्तरले निजिक्षेत्रमा अध्ययन गर्न छाडेर सरकारी विद्यालमा भर्ना हुन विद्यार्थीको आकर्षण बढ्दै जानु पनि एक महत्वपूर्ण कार्य भएको स्थानीय बासिन्दाहरु बेलाबेला चर्चा गर्ने गरेको पाइन्छ ।

स्वास्थ्य, शिक्षाका, खानेपानीका साथै सडक र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य काम गरेको बताउदै पालिकालाई थप विकासको गतिमा अगाडी बढाउन यही वैशाख ३० गते हुन गहिरहेकोे स्थानीयको निर्वाचनमा फेदीखोला गाउँपालिकाको अध्यक्ष पदमा आफुले पुन उम्मेदवारी दिएको र नेकपा एमालेका सबै उम्मेदवारहरुलई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन अध्यक्षका उम्मेदवार सुवेदीले पालिका बासि सबैमा आग्रह गर्नुभएको छ ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal