कालीगण्डकीको विकासका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न गाउँपालिका अध्यक्षका उम्मेदवार थापाको आग्रह
वालिङ,२७ वैशाख– कालीगण्डकी गाउँपालिकाको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका खिमबहादुर थापाले गाउँपालिकाको समग्र विकासको लागि नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्नुभएको छ
यही वैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वानको चुनाव प्रचारप्रसारका क्रममा घरदैलो अभियानका क्रमा मतदाताहरु संगको भेटघाटका क्रममा अध्यक्षका उम्मेदवार थापाले सो आग्रह गर्नुभएको हो ।
थापा यस अघिको स्थानीय तहको निर्वानमा पनि अध्यक्षमा निर्वाचित भएर पाँच वर्षे कार्यकाल पुरा गरि पुन दोस्रो कार्यकालको लागि उम्मेदवार बनेर चुनावि मैदानमा उत्रीनु भएको हो ।
पहिलो कार्यकालमा जनपक्षिय काम गरेर चर्चामा आउनुभएका थापा यस पटकको निर्वाचमा विजयी भएर आफुले पहिले सुरु गरेका कामहरुलाई पूर्णरुपमा सम्पन्न गरि गाउँपालिकालाई नमूना पालिकाको रुपमा स्थापित गर्न आफुले पुन उम्मेदवारी दिएको बताउनुभयो । थापाको पहिलो कार्यकालमा पालिका वासिहरुका लागि मासिक २० युनिट विद्युत निशुल्क, पालिका बासि सबैको निशुल्लक स्वास्थ्य विमाका साथै आर्थिक अवस्था कमजोर भएका घरपरिवारका लागि विद्युतिय चुलो वितरण गर्नुका साथै गाउँपालिकालाई कृषि, पर्यटन लगायतका क्षेत्रमा विकास गरेर रोजगारी सिर्जना गर्ने योजना अनुसार काम गरेर पालिका वासिको मन जित्न सफल हुनुभएको थियो ।
शिक्षा, स्वास्थ्यका साथै भौतिक पूर्वाधारका क्षेत्रमा भएका कामहरुलाई सम्पन्न गरि पालिकालाई समृद्ध पालिका बनाउने योजनालाई साकार पार्न पनि पालिकामा एमालेको विजयी आवश्क रहेको अध्यक्षका उम्मेदवार थापाले बताउनुभयो । एक घर एक खानेपानीका धारा संगै गाउँपालिकाको प्रशासकिय भवनको निर्माण कार्य सम्पन्न भइसकेको र बाकि कामहरुलाई ब्यवस्थीत रुपमा अगाडी बढाउने थापाले बताउनुभयो ।
गाउँपालिकाको लागि उपाध्यक्षको उम्मेदवार बन्नुभएकी सावित्रा कोइरालाले महिला सशक्ति करणका साथै अन्यामा परेका महिला दिदी बहिनीहरुलाई न्याय दिलाउदै आयअर्जन संग जोडेर आत्म निर्भर बन्ने कार्यमा लाग्न सहयोग पुर्याउने बताउने बताउदै एमालेका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गर्नुभयो ।
गाउँपालिकाको लागि अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बन्नुभएका थापा र कोइराला २०७० सालमा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएर पाँच वर्षे कार्यकाल पुरा गरि पुन उम्मेदवार बन्नुभएको हो ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार























