क्यान्सर तथा मृगौला रोगका बिरामीलाई निशुल्क उपचार, जेष्ठ नागरिकलाई घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ब्यवस्था मिलाउने रामपुरका मेयरका उम्मेदवार अर्यालको प्रतिबद्धता
रामपुर,२४ वैशाख– नेकपा एमालेबाट मेयरको उम्मेदवार बन्नुभएका शिव अर्यालले आफूले निर्वाचनमा विजयी भएमा नगरवासीको स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
मेयर पदका उम्मेदवार अर्यालले शुक्रबार रामपुरको बेझाडमा पत्रकारहरु संग भेटघाट कार्यक्रममा बोल्दै आफूले क्यान्सर तथा मृगौलाका विरामीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने बताउनुभएको हो । अर्यालले भन्नुभयो, “मत माग्ने क्रममै पनि धेरै मानिसहरु यस प्रकारका रोगबाट समस्यामा परेको भेटे , उहाँहरुको उपचार निशुल्क गर्नुपर्छ भन्ने लाग्यो । हामी स्वास्थ्य रहेमात्रै हरेक कुरामा सक्रिय रहन सकिने भएकोले मैले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा ध्यान दिनेछु ।”
उहाँले एक सय ८ बुँदे घोषणापत्र सार्वजनिक गर्दै रामपुरबाट स्वास्थ्य समस्याकै कारण करिब ७५ प्रतिशत नागरिक बाहिर जानुपर्ने बाध्यता हल गर्न रामपुर अस्पताललाई सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्ने, प्रत्येक वडामा डाक्टर सहितको स्वास्थ्यसंस्था स्थापना गर्ने बताउभयो । उम्मेदवार अर्यालले पत्रकारहरु समक्ष आफू सुख सयलमा बस्न नभइ आफ्नै गाउँका नागरिकको जिवन स्तर उकास्दै रामपुरको समग्र विकास गर्ने योजना अनुसार नगरपैमुखमा उम्मेदवारी दिएको समेत प्रष्ट पार्नुभएको छ ।
आफूलाई जनताले मत दिएर जित हासिल गर्ने अवसर दिएमा विज्ञ समूहको निर्माण गरी विकासको खाका तयार पारेर अगाडी बढ्ने नगरप्रमुखका उम्मेदवार अर्यालको भनाइ रहेको छ ।
शिक्षाको क्षेत्रमा सरकारी विद्यालयमा व्यवस्थित शिक्षा प्रणाली लागू गर्ने, कालीगण्डकी नदीको पानीलाई अधिकतम प्रयोग गरी रामपुरमा कृषि उद्यम संचालन गर्ने, कृषकले उत्पादन गरेका तरकारी विक्रीवितरणको व्यवस्था स्थानिय सरकारले गरीदिने, नगरपालिका भित्रको आयोजनाका काममा रामपुरकै युवालाई रोजगार दिने उल्लेख गर्नुभयो । उहाँले रामपुरमा रिङ्रोडको निर्माण गरी निशुल्क घुम्ती बस सेवा सञ्चालन गरिने लगायतका योजनाका सम्बन्धमा उम्मेदवार अर्यालले जानकारी गराउनुभयो ।
देशो राजधानी काठमाडौं तथा विदेसी मुलुकमा समेत सामाजिक सेवामा लाग्दा गाउँकै जनताको जीवनस्तर उकास्न र गाउँकै विकास गर्ने चिन्ताले आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै अर्यालले पाल्पाको रामपुर क्षेत्र विभिन्न जनजातीले भरिएको क्षेत्र भएकोले यहाँका नागरिको जातिय पहिचानको संरक्षणका निम्ती आफूले योजना बनाएको बताउनुभयो । कुमाल, माझी, नेवार , मगर लगायत विभिन्न जनजातिको बस्तीमा होमस्टे, तथा सांस्कृतिक डबलीको निर्माण गर्ने अर्यालको भनाई छ ।
आफ्नो घोषणा पत्र सार्वजनिक गर्दै अर्यालले भन्नुभयो, “उमेरले जेष्ठ भएका नागरिक टाढाबाट बेझाडसम्म आएर लाइन बसेर सकसले भत्ता बुझेको देख्दा मन पोलेको छ । शारिरीक हिसाबले आराम गर्ने उमेरका जेष्ठ नागरिकलाई सरकारले भत्ता उपलब्ध गराएको तर लामो बाटो आएर लाइन बसेर भत्ता बुझ्न अप्ठ्यारो छ , उहाँहरुलाई घरघरमै भत्ता बुझ्न पाउने अवस्था सिर्जना गर्नेछु ।”
यसक्षेत्रका धार्मिक स्थलको विकास गरी जेष्ठ नागरिकलाई यहीका धार्मिक स्थलमा बेला बेला अवलोकन गराउने, उद्यानहरु निर्माण गरी बालबालिकालाई मनोरन्जन लिने व्यवस्था मिलाउने बताउनुभयो ।
कालीगण्डकीको पानी त्यसै खेर गइरहेकोले कालीवारी पारी विकास गरे डाइभर्सनको प्रश्नै नउठ्ने उल्लेख गर्दै उहाँले कालीनदीको पानीलाई सिंचाई र खानेपानीको रुपमा अधिक्तम प्रयोग गर्नेमा उहाँको जोड छ । कालीनदी क्षेत्र शालिकग्राम पाइने धार्मिक हिसावले महत्वपूर्ण रहेकोले यसको खोज अनुसन्धान तथा संरक्षणमा ध्यान दिने उहाँको योजना छ । कतिपय ठाउँमा मजदुरहरुलाई ज्याला समेत नपाउने र ठगिने गुनासा आउने गरेको भन्दै उहाँले रामपुरको विकास निर्माणमा प्रत्येक काममा नगरपालिकासँग समन्वय हुने र ठेकेदारबाट नागरिक ठगिने प्रबृति हटाउने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा उपमेयर पदका उम्मेदवार दुर्गादेवी रानाले स्थानिय स्तरमा आउने विभिन्न मुद्दालाई निक्र्यौल गरी स्थानिय स्तरमै समाधान गरी बाहिर जानुपर्ने र लाखौं रुपैंया खर्च गरेर बर्षौ सम्म मुद्दाका लागी धाउनुपर्ने बाध्यता हटाउने प्रण गर्नुभयो । उहाँले महिलाहरुको हक हित र अधिकारसँगै नेतृत्व तहमा पुगेर काम गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















