वालिङः एमालेका उम्मेदवार मतदाभेटन घरदैलो अभियान
वालिङ,२२ वैशाख– स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा नतिजा आफ्नो पक्षमा पार्न स्याङजाका िराजनैतिक दलहरु आआफ्ना उम्मेदवारहरु सहित घरदैलो अभियान मार्फत नागरिकको घरघरमा पुगेका छन । यसपटक निर्वाचन आयोगले निर्वाचन शिक्षा संचालन नगरे पनि राजनैतिक दलका कार्यकर्ताहरु एवं युवाहरुले मतदान गर्ने तरिकाका बारेमा समेत सजहीकरण गरिरहेका छन । बजारदेखि ग्रामिण क्षेत्र समेत निर्वाचन मय बनेको छ । राजनितिक दलहरु आआफना उम्मेदवार सहित गाउँगाउँमा पुगेर आआफ्ना पक्षमा मतदान गर्न आग्रह गर्दै आफनो चुनावी एजेण्डाका बारेमा समेत उम्मेदवारहरुले जानकारी गराईरहेका छन ।
यसैक्रममा नेकपा एमाले वालिङले पार्टीको तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरु संगै बिहीबार वालिङ ९ का विभिन्न टोल तथा मतदाताको घरघरमा पुगेर एमालेका उम्मेदवारहरुलाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न आग्रह गरेको छ ।
नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य लक्ष्मीपति पौडेल, प्रदेश सदस्य हुमबहादुर गुरुङ, एमाले जिल्ला सचिव राजेन्द्र डुम्रे, मेयरका उम्मेदवार कृष्ण खाँण, उपमेयरका उम्मेदवार खगिसरा थापामगर वडा नम्बर ९ का वडा अध्यक्षका उम्मेदवार अमृत श्रेष्ठलगायतको टोलीले सुर्कौदी, आलेगाउँ, राउतडाँडा, डुडखोला, भुम्रेलगायतका स्थानहरुमा पुगेर स्थानीयबासिन्दा संग एमालेका उम्मेदवाह?लाई मतदान गर्न अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा प्रदेश सचिवालय सदस्य लक्ष्मीपती पौडेलले समग्र वालिङको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई आफनो अमुल्य मतप्रदान गर्न मतदाताहरुलाई अनुरोध गर्नुभयो । स्मार्ट सिटिको रुपमा वालिङलाई जति प्रचार गरिएपनि सोही अनुसारको विकास हँुन नसकेको नागरिकहरुले अनुभुति गरेकाले जनचाहाना अनुसार काम गर्नको लागि एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा मेयरका उम्मेदवार कृष्ण खाँणले काम र विश्वासका आधारमा नागरिकले आफनो मत दिने भन्दै वालिङबासीहरुको साथ र सहयोगले यसपटकको निर्वाचनले एमालेको स्थानीय सरकार बनाउनेमा आँफु आशावादी रहेको बताउनुभयो । वालिङका सडकपुर्वाधार, भित्रि सडकहरुको स्ततरोन्नति, यहाँको शैक्षिक गुणस्तरीयता, कृषिमा आमूल परिर्वतनका लागि सोही अनुसारको एजेण्डा लिएर नेकपा एमालेका उम्मेदवाहरु चुनावी मैदानमा आएकोले एमाले उम्मेदवारलाई आफनो अमूल्य विश्वासको मत दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपमेयरका उम्मेदवार खगिसरा थापामगरले सिपमुलक कार्यमा महिलाहरुलाई सहभागि गराउँदै उद्यमशीलतामा जोड दिँदै एक वडा एक उत्पादनका लागि पनि वालिङमा एमालेले जितन आवश्यक रहेको बताउनुभयो ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार























