स्याङ्जामा मतदान अधिकृत र सहायकलाई प्रशिक्षण

स्याङ्जा,२४ वैशाख–स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको छ । मतदानको दिन आउन साता दिन मात्र बाँकी रहदा निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दे मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाबाट मतदान गर्ने गराउने वातावरणमा बनाउन निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतह?लाई सुझाव दिनुभयो । चुस्त र स्फूर्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो इमान्दारिता र जिम्मेवारी बहन गर्न उहांले सुझाउनुभयो । यस गहन जिम्मेवारीलाई संयमतापूर्वक पूरा गर्नका लागि निष्पक्षरही आआफ्नो भूमिकामा रहनसमेत उहांले आग्रह गर्नुभयो ।

‘निर्वाचन जस्ता पवित्र कार्यलाई सम्पन्न गर्न र दिइएको काम, कर्तव्य र अधिकारका बन्धनमा बाँधिएर काम गर्नु होला।’ उहांले भन्नुभयोे, ‘हाम्रा ब्यवहार, आचरणमा कतै कमीकमजोरी भएमा त्यो क्षम्य हुने छैन। तपाईंह? ढुक्क र निर्धक्क भएर नियमानुसारका काम गर्नुहोस् तपाईंका साथमा हामी छौं।’

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सहभागीलाई कत्ति पनि नआत्तिकन आ आफना जिम्मेवारी पुरा गर्न सुझाव दिनुभयो । उहांले भन्नुभयोे, ‘कामका शिलशिलामा कहिंकतै समस्या आईपरेमा तपाईंहामी सामूहिक?पमा छलफल गरेर अघि बढ्नेछौं, ढुक्क हुनुहोस् तपाईंका पक्षमा सिंगो सुरक्षा टिम छ । दिइएको जिम्मेवारी पुरा गर्नुहोस ।’

सहभागीलाई निर्वाचन सुरुदेखि मतगणना सम्पन्न गर्नेसम्मका विधि, प्रक्रियाका बारेमा प्रशिक्षण दिईने निर्वाचन कार्यालय प्रमुख गु?प्रसाद मरासीनीले जानकारी दिनुभयो । कार्यक्रममा ऋषिराम आचार्य, रामप्रसाद अधिकारी, घनश्याम सुवेदी, डिल्लीराम पौडेल, बिनोद पौडेल, विश्वप्रसाद रेग्मी, गु?प्रसाद मरासीनीले प्रशिक्षण दिनुभएको छ ।

स्याङ्जामा ११ पालिकामा १ मुख्य निर्वाचन अधिकृतसहित १० निर्वाचन अधिकृत छन्। जिल्लाभर ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदानस्थल तोकिएका छन । ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन् । जिल्लाभर २ लाख ४० हजार ५३५ मतदाता छन्। ती मध्ये १ लाख २३ हजार ८६८ महिला हुन भने १ लाख १६ हजार ६६६ पुरुष र एक अन्य छन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal