चितवनमा गठबन्धनको आमसभा, गठबन्धन टुटाउने षड्यन्त्र भएको छ : प्रधानमन्त्री देउवा
चितवन,२२ वैशाख– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ। पाँच दलीय गठबन्धनले बिहीबार चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले भन्नुभयो, ‘‘गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षड्यन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरुको पनि खत्तम हुन्छ। कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुन सक्दैन र हुनु हुँदैन।”
भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएका प्रमुख पदका उम्मेदवार रेनु दाहालले अघिल्लो कार्यकालमा महत्वपूर्ण काम गरेको भन्दै गठबन्धनका पक्षमा लाग्न उहाँले आह्वान गर्नुभयो।
उहाँले भन्नुभयो, “उहाँलाई जिताउनुहोस्, १०/२० वर्ष गठबन्धन टिक्छ। उहाँले जितिसक्नुभएको छ, पार्टीका केही साथीहरुले बखेडा गर्नु आवश्यक छैन।”
सभापति देउवाले चितवन कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “चितवनका साथीहरुको कर्तव्य छ। रेनु दाहाललाई सहयोग गर्नुपर्छ। ठाउँठाउँमा कालोपत्रे भएको छ। यहाँको भाउ बढेको छ। स्मार्टसिटी बनाउने भन्नुभएको छ ?”
भरतपुरमै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रियस्तरको सभाहल र विमानस्थल दाहालको पहलमा बन्न लागेको भन्दै उहाँले विकासप्रेमी नेतालाई जिताउनुपर्नेमा जोड दिनुभयो। रासस
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















