गल्याङमा कुकुरको बन्ध्याकरण
गल्याङ,२२ वैशाख– देशैभर चुनावको रौनक छाइरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिकामा भने कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । गल्याङ बजार क्षेत्रका छाडा कुकुरका साथै घरमा पालिएका कुकुरलाई लक्षित गरि बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा केन्द्रीय रिफरल पशु चिकित्सालय, काठमाडौंको प्राविधिक सहयोग एवम् गल्याङ नगरपालिकाकोे व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा १ सय ११ कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविज विरुद्वको खोप लगाइएको छ ।
घरमा पालेका कुकुरहरुको सुरक्षा एवं सडकमा रहेका कुकुरहरुको न्युनिकरणका लागि अभियानको रुपमा एक दिने शिविरको आयोजना गरिएको केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौंका पशु चिकित्सक डाक्टर टंक प्रसाईले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकामा कुकुर पाल्नेहरुको संख्या बढिरहेको र सडकमा रहेका कुकुरहरुले सवारी दुर्घटना समेत गराउन सक्ने भएकोले शिविर सञ्चालन गरिएको गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले बताउनुभयो ।
मानवलाई असर गर्ने रेविज रोग नियन्त्रणका लागि गल्याङमा यसअघि पनि निशुल्क खोपको व्यवस्था गर्ने गरिएकोभए पनि बन्ध्याकरण शिविर भने पहिलोपटक गरिएको हो । शिविर सञ्चालनका लागि काठमाडौंबाट तीन जना सर्जन विशेषज्ञ सहितको टोली खटिएको छ । मुख्यत सडकमा हुने बेवारिसे कुकुरहरुका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको अवस्थामा बन्ध्याकरण शिविरले बजार क्षेत्रमा हुने त्यस्ता कुकुरको संख्या घट्नगइ दुर्घटनामा कमिआउने नगरपालिकाले जनाएको छ ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार






















