एमाले चुनावी अभियानः घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभा

वालिङ,२२ वैशाख- नेकपा एमाले वालिङले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभालाई तीव्रता दिएको छ । एमाले निर्वाचन परिचालन कमिटी वालिङकाे टाेलि सहित एमालेका तर्फबाट वालिङ  नगरपालिकाकाे प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवं सदस्य पदका उम्मेदवारहरु सहितको टोली मतदाताको घर घरमा पुगेर एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएकाे छ। 

एमालेका तर्फबाट वालिङ नगरपालिकाका लागि मेयर पदका उम्मेदवार कृष्ण खाँण र उपमेयर पदका उम्मेदवार खगिसरा थापा सहितको टोलीले वालिङ नगरपालिकाका १४ वटै वडाहरुमा आफ्नाे प्रचारप्रसार अभियान कार्यक्रम अन्तरगत मतदाताहरुलाई भेटघाट गरेर आफ्नाे पक्षमा मत माग्ने काम भइरहेकाे छ ।

एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्ण खाँणले नगर वासिले नयाँ अनुहार खोजेकाले आफूले निर्वाचन जित्ने बताउनुभयाे । खाँणले भन्नुभयाे, ‘मतदाताले नयाँ व्यक्ति नेतृत्वमा आएकाे हेर्न चाहेकाेले मैले एमालेकाे तर्फबाट उम्मेदवारी दिएर जनता माझ आएकाेछु यश पटक सबैले एमालेका उम्मेदवारहरुाई भाेट दिएर सेवा गर्ने अवसर दिनुहुनेछ भन्नेमा म ढुक्कछु।’ एमालेले जनचाहाना अनुसार काम गर्ने बताउदै खाँणाले किसान देखि उद्याेग ब्यापारीका साथै विभिन्न राेजगारीका क्षेत्रमा काम गर्नुका साथै जनताका आधारभूत आवश्यक्तालाई मध्यनजर राखेर काम गर्ने प्रतिवद्धता समेतजनाउनुभयाे।

यस्तै उपमेयरकी उम्मेद्वार खगिसरा थापाले आम महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्ने बाटाेमा अगाडि बढ्न सहयाे पुग्ने गरि महिलाका हकअधिकारहरुलाई स्थापित गर्ने कार्यमा सहयाेग पुग्ने गरि काम गर्ने बताउनुभयाे। यस पालिकाे निर्वानमा वालिङमा एमालेकाे तर्फबाट मेयर, उपमेयर सहित वडाअध्यक्षहरु विजयी हुनेमा आफू विश्वस्त रहेकाे बताउनुभयाे। ‘प्राविधिक कारणले २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा उपविजेयता भएपनि यस पालि चुनावी महोल र पार्टीप्रति नागरिकको लहर बढेकाेले निर्वाचन जितिन्छ भन्नेमा आफु ढुक्क रहेकाे बताउनुभयाे। थापा गत स्थानीय तहको निर्वाचन २०७४ मा एमालेको तर्फबाट उपमेयर पदको उम्मेदवार बन्नुभएकाे थियाे। नेकपा एमाले नगर कमिटी अध्यक्ष शाेभाकान्त पाैडेलले एमालेका सबै कमिटीहरु निर्वाचनमा परिचालित भएकाे र यश पटककाे निर्वाचनमा एमालेका उम्मेद्वार मेयर, उपमेयर सहित सिंगाे टिम नै विजयी हुने दावि गर्नुभयाे।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal