कांग्रेसद्वारा चुनावी अभियानलाई तिब्रता टोल टोलमा पुगेर चुनावि प्रचारप्रसार

वालिङ,२२ वैशाख– नेपाली कांग्रेस वालिङले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी प्रचार प्रसार अभियानलाई तिब्र पारेको छ । चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रमकाक्रममा बुधबार वालिङ १४ का फौदीखोला, कफ्लेटी, सिरबानी, हुल्काङ, डुम्रेभञ्ज्याङ, थाना, कोखेलगायतका स्थानमा पुगेर कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न ठाउँमा भएका कोणसभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरस्वती तिवारीले जनताको हरेक सुख दुखमा प्रत्यक्षरुपमा सहभागी भएको स्थानीय सरकारका निवर्तमान प्रमुख एवं नेपाली कांग्रेसका उम्मेदवार दिलीपप्रताप खाँण, उपप्रमुख कविता तिवारी गैह्रेसहितको नेपाली कांग्रेसको टिमलाई विजयी गराउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार एवं निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिका एउटा गतिमा अगाडि बढेको बताउनुभयो । नगरबासीहरुको सल्लाह, सुझाव र सहयोगबाट विभिन्न क्षेत्रमा बृहत नगरस्तरीय योजना बनाई कार्यान्वयनको चरणमा रहेकाले त्यसलाई पुरा गर्नकालागि र आधारभूत तहको स्मार्ट सिटी निर्माण गर्न नेपाली काग्रेसलाई विजयी गराउन नगर प्रमुखका उम्मेदवार खाँणले अनुरोध गर्नुभयो । “बाहिर विभिन्न अफवाहरु फैलाईएको छ, त्यसमा कुनै सत्यता छैन” नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले भन्नुभयो, “नगरले अगाडि बढाएका विभिन्न कार्यहरुमा अवरोध सिर्जना गरिएका छन्, यसमा नागरिकहरु सचेत हुनु आवश्यक छ ।”

कार्यक्रममा उपप्रमुख पदकी उम्मेदवार कविता गैह्रेले जबसम्म नागरिकको आर्थिक विकास हुन सक्दैन तबसम्म नगरको विकास हुन नसक्ने भएकाले आर्थिक विकासकालागि उद्यमशीलताका कार्यहरुलाई प्राथमिकताकासाथ अगाडि बढाउने बताउनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal