गल्याङमा कुकुरको बन्ध्याकरण

गल्याङ,२२ वैशाख– देशैभर चुनावको रौनक छाइरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिकामा भने कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । गल्याङ बजार क्षेत्रका छाडा कुकुरका साथै घरमा पालिएका कुकुरलाई लक्षित गरि बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा केन्द्रीय रिफरल पशु चिकित्सालय, काठमाडौंको प्राविधिक सहयोग एवम् गल्याङ नगरपालिकाकोे व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा १ सय ११ कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविज विरुद्वको खोप लगाइएको छ ।
घरमा पालेका कुकुरहरुको सुरक्षा एवं सडकमा रहेका कुकुरहरुको न्युनिकरणका लागि अभियानको रुपमा एक दिने शिविरको आयोजना गरिएको केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौंका पशु चिकित्सक डाक्टर टंक प्रसाईले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकामा कुकुर पाल्नेहरुको संख्या बढिरहेको र सडकमा रहेका कुकुरहरुले सवारी दुर्घटना समेत गराउन सक्ने भएकोले शिविर सञ्चालन गरिएको गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले बताउनुभयो ।
मानवलाई असर गर्ने रेविज रोग नियन्त्रणका लागि गल्याङमा यसअघि पनि निशुल्क खोपको व्यवस्था गर्ने गरिएकोभए पनि बन्ध्याकरण शिविर भने पहिलोपटक गरिएको हो । शिविर सञ्चालनका लागि काठमाडौंबाट तीन जना सर्जन विशेषज्ञ सहितको टोली खटिएको छ । मुख्यत सडकमा हुने बेवारिसे कुकुरहरुका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको अवस्थामा बन्ध्याकरण शिविरले बजार क्षेत्रमा हुने त्यस्ता कुकुरको संख्या घट्नगइ दुर्घटनामा कमिआउने नगरपालिकाले जनाएको छ ।
ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
२०८२ असार ३ गते, मंगलवार
गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड
२०८२ असार ३ गते, मंगलवार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार