सबै वडामा डाक्टर सहितको सेवा पुर्याउने रामपुरका मेयरका उम्मेदार अर्यालको संकल्प

रामपुर,२० वैशाख– नेकपा एमालेका तर्फबाट रामपुर नगरपालिकाको नगरप्रमुख (मेयर) पदका उम्मेदवार शिव अर्यालले नगरका सबै वडाहरुमा एम्बुलेन्स सेवा तथा डाक्टर सहितको स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामपुर नगरपालिकाको लागि एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दिनुभएका अर्यालले चुनावी प्रचारप्रसार अभियानका क्रममा जनताको घरदैलोमा पुगेर सोकुरा बताउनुभएको हो ।

नगरबासिहरुलाई बिरामी भएकोबेला स्वास्थ्य सेवा लिन अस्पतालसम्म पुग्न कठिन भएकोले रामपुर नगरपालिकाका नगरबासिहरुलाई आफु विजयी भएर आएमा सहज सेवा सहजरुपमा स्वास्थ्य सेवा लिन पाउने ब्यवस्था मिलाउने अर्यालले बताउनुभयो । उहाँले आफूले देश तथा विदेशमा रहदाँ सामाजिक सेवामै धेरै अनुभव बटुलेको बताउदै आफु जन्मे हुर्केको गाउँठाँउमा विकास गरेर सबैलाई सेवा दिन चाहेको बताउदै यस पटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवारहरुलाई विजयी गराएर सेवा गर्ने अवसर प्रदान गर्न समेत सम्पूर्ण रामपुर बासिलाई आग्रह गर्नुभएको छ ।

अर्यालले आफु निर्वाचनमा विजयी भएमा रामपुरमा रहेको अस्पतालको सेवा प्रभावकारी बनाउने, प्रत्येक वडामा एक दरबन्दी डाक्टर सहितको स्वास्थ्यसेवा दिने, डिजिटल रामपुरको परिकल्पना सहित घरमै बसी बसी जेष्ठ नागरिक तथा एकल महिलालाई भत्ता बुझ्ने व्यवस्था, पानी, विद्युत लगायत राजस्व तिर्न समेत सहज सेवा, नगरभरी फ्रि इन्टरनेट सेवा दिने संकल्प गर्नभएको छ । उहाँले इमेल इन्टरनेट र प्रविधिको विकास भएको यो समयमा सामान्य कुरालाई पनि जनताले सास्ती बेहोर्नुपरेको उल्लेख गर्दै सेवालाई सकेसम्म सहज रुपमा उपभोग गर्ने वातावरण मिलाउने समेत बताउनुभयो ।

नगरप्रमुखका उम्मेदवार अर्यालले विभिन्न बहानामा पछाडी पारिएका दलित, उत्पिडित,जनजातीको आवाजलाई सुनुवाई गर्ने र रामपुरमा अव्यवस्थीत घरघडेरीको व्यवस्थापनलाई प्राथमिकता दिने बताउनुभयो । रामपुर नगरपालिकाको ७ ओटा वडामा घरदैलो सम्पन्न गरिसक्नु भएका अर्यालले आफू कानुनको विद्यार्थी भएकाले शान्त समुन्नत रामपुर चाहेको र गुन्डागर्दी शैली आफूलाई मन नपर्ने बताउनुभयो । उहाँले रामपुरमा समृद्धी ल्याउने थुप्रै परिकल्पना गरेकोेले जनताले आफूलाई सहयोग गर्ने बेला आएको बताउदै शिक्षा,स्वास्थ्य, खानेपानी, विद्युत, सडक निर्माण गरेर सहज सेवा दिनु जनताले चुनेर पठाएका प्रतिनिधीको दायित्व भएकोमा जोड दिदै सपना बाड्ने मात्रै नभएर पुरा गर्ने बाचा गर्नुभएको छ ।

उहाँले कालीगण्डकी करिडोरले सडक केही सजह पारेको तर गाउँ गाउँ सम्म पुग्ने मोटरबाटोको अत्यन्तै समस्या रहेकोले त्यसको कालोपत्रे गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने पनि बताउनुभयो । जनतासँग मत माग्ने क्रममा उहाँले जनताका परिवर्तन चाहेको तर त्यो परिवर्तन गाउँ गाउँमै सिंहदरबार आएपनि सहज सेवा नपाउदाँ निराश बनेकोले आफ्नो जितसँगै नागरिकले फरक अनुभुती गर्न पाउने विश्वास दिलाउनुभयो ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal