एमालेका उम्मेदवारलाई जिताउनुस जनताको सुखदुःखमा सारथी बन्छौः चापाकोट मेयरका उम्मेदवार कोइराला

वालिङ,२१ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारलाई नेकपा एमाले चापाकोले तिब्र बनाएकोछ ।
नेकपा एमालेबाट चापाकोट नगरपालिकाको मेयरका उम्मेदवार राजु कोइराला र उपमेयरकी उम्मेदवार सृष्टि मल्ल सहित एमाले नेता एवं कार्यक्रता सहितको टोली एमाले उम्मेदवारलाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी बनाउन जनताको घरदैलोमा पुगेकाछन् ।

एमालेका तर्फबाट चापाकोट नगरपालिकाको लागि मेयरका लागि उम्मेदवारी दिनुभएका चपाकोट नगर कमिटी एमालेका अध्यक्ष राजु कोइरालाले गाउँगाउँमा पुगेर आफ्नो उम्मेदवारी र आफु निर्वाचित भएपछि आफुले गर्ने कामको समेत प्रतिवद्धता जनाउदै यस पटकको निर्वाचनमा एमालेका सबै उम्मेदवारहरुलाई मतदान गरेर अत्याधिक मतका साथ विजयी गराउन आग्रह गर्नुभएको छ । चुनावि अभियानकै क्रममा चपाकोट नगरपालिका वडा नम्बर ५ मा पुगेर उम्मेदवार कोइरालाले आफुहरु जनताको सुखदुःखमा सारथी भएर काम गर्न चाहेकोले यस पटकको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउन आग्रह गर्नुभएको छ ।

अभियानकै क्रममा चापाकोट ५ बिस्तारीमा पुग्नुभएका कोइरालाले जनताको आधारभुत आवश्यक्तालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । कोइरालाले भन्नुभयो, “समग्र चापाकोटको विकासको लागि हामी प्रतिवद्धछौ, चापाकोटको विकास र समृद्धिको लागि पनि यसपटक हामीलाई मतदान गरेर सेवा गर्ने मौका दिनुहोस ।” चपाकोटको सम्रग भूगोल संग अफु परिचित रहेको बताउदै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी संगै सडक निर्माण र अन्य आवश्यक पूर्वाधारको विकासमा आफ्नो टिमले काम गर्ने कोइरालाको भनाइ रहेको छ ।

यसै गरि उपमेयरकी उम्मेदवार सृष्टि मल्लले चापाकोटका समग्र महिलाहरुको क्षमता विकास संगै सशक्ति करणको क्षेत्रमा काम गर्ने र समग्र चापाकोटलाई हराभरा बनाउने योजना अनुसार आफु उपमेयरको उम्मेदवार बनेको बताउदै एमालेका उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउन आग्रह गर्नुभयो । चुनावि अभियानमा निरन्तर खटिनुभएका नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य किशोर विक्रम मल्लले पछिल्लो समय चापाकोटमा नेकमा एमाले प्रति जनताको आकर्षण बढेकोले पनि यो चुनावि माहोलमा आफुहरुलाई उत्साहित बनाएमो बताउनुभयो ।

मंगलबार चुनावि अभियानको प्रचारप्रसारका क्रममा चापाकोट ५ मा पुगेको एमाले उम्मेदवारको टोलीले घरदैलो अभियान सम्पन्न गरेको छ भने सोही अवसरमा स्थानीय कांग्रेसका कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेकाछन् । एमाले प्रवेश गर्नेहरुमा विपिन डोटेल, राधा डोटेल, विष्णुकान्त डोटेल, कृष्ण बहादुर राना, कोपिला राना, भिम बहादुर राना, मन बहादुर थापा, राजु मल्ल लगायत रहेको नेकपा एमाले चापाकोटले जनाएको छ । पार्टीमा प्रवेश गर्नेहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य किशोर विक्रम मल्ल चापाकोटका मेयरका उम्मेदवार राजु कोइराला, एमाले नेतृ सरस्वती भट्टराई लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal