एमालेका उम्मेदवारलाई जिताउनुस जनताको सुखदुःखमा सारथी बन्छौः चापाकोट मेयरका उम्मेदवार कोइराला

वालिङ,२१ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारलाई नेकपा एमाले चापाकोले तिब्र बनाएकोछ ।
नेकपा एमालेबाट चापाकोट नगरपालिकाको मेयरका उम्मेदवार राजु कोइराला र उपमेयरकी उम्मेदवार सृष्टि मल्ल सहित एमाले नेता एवं कार्यक्रता सहितको टोली एमाले उम्मेदवारलाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी बनाउन जनताको घरदैलोमा पुगेकाछन् ।

एमालेका तर्फबाट चापाकोट नगरपालिकाको लागि मेयरका लागि उम्मेदवारी दिनुभएका चपाकोट नगर कमिटी एमालेका अध्यक्ष राजु कोइरालाले गाउँगाउँमा पुगेर आफ्नो उम्मेदवारी र आफु निर्वाचित भएपछि आफुले गर्ने कामको समेत प्रतिवद्धता जनाउदै यस पटकको निर्वाचनमा एमालेका सबै उम्मेदवारहरुलाई मतदान गरेर अत्याधिक मतका साथ विजयी गराउन आग्रह गर्नुभएको छ । चुनावि अभियानकै क्रममा चपाकोट नगरपालिका वडा नम्बर ५ मा पुगेर उम्मेदवार कोइरालाले आफुहरु जनताको सुखदुःखमा सारथी भएर काम गर्न चाहेकोले यस पटकको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउन आग्रह गर्नुभएको छ ।

अभियानकै क्रममा चापाकोट ५ बिस्तारीमा पुग्नुभएका कोइरालाले जनताको आधारभुत आवश्यक्तालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । कोइरालाले भन्नुभयो, “समग्र चापाकोटको विकासको लागि हामी प्रतिवद्धछौ, चापाकोटको विकास र समृद्धिको लागि पनि यसपटक हामीलाई मतदान गरेर सेवा गर्ने मौका दिनुहोस ।” चपाकोटको सम्रग भूगोल संग अफु परिचित रहेको बताउदै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी संगै सडक निर्माण र अन्य आवश्यक पूर्वाधारको विकासमा आफ्नो टिमले काम गर्ने कोइरालाको भनाइ रहेको छ ।

यसै गरि उपमेयरकी उम्मेदवार सृष्टि मल्लले चापाकोटका समग्र महिलाहरुको क्षमता विकास संगै सशक्ति करणको क्षेत्रमा काम गर्ने र समग्र चापाकोटलाई हराभरा बनाउने योजना अनुसार आफु उपमेयरको उम्मेदवार बनेको बताउदै एमालेका उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउन आग्रह गर्नुभयो । चुनावि अभियानमा निरन्तर खटिनुभएका नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य किशोर विक्रम मल्लले पछिल्लो समय चापाकोटमा नेकमा एमाले प्रति जनताको आकर्षण बढेकोले पनि यो चुनावि माहोलमा आफुहरुलाई उत्साहित बनाएमो बताउनुभयो ।

मंगलबार चुनावि अभियानको प्रचारप्रसारका क्रममा चापाकोट ५ मा पुगेको एमाले उम्मेदवारको टोलीले घरदैलो अभियान सम्पन्न गरेको छ भने सोही अवसरमा स्थानीय कांग्रेसका कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेकाछन् । एमाले प्रवेश गर्नेहरुमा विपिन डोटेल, राधा डोटेल, विष्णुकान्त डोटेल, कृष्ण बहादुर राना, कोपिला राना, भिम बहादुर राना, मन बहादुर थापा, राजु मल्ल लगायत रहेको नेकपा एमाले चापाकोटले जनाएको छ । पार्टीमा प्रवेश गर्नेहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य किशोर विक्रम मल्ल चापाकोटका मेयरका उम्मेदवार राजु कोइराला, एमाले नेतृ सरस्वती भट्टराई लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal