नेकपा एमाले चापाकोटका उम्मेदवार चुनाव प्रचारप्रसारको अभियानमा गाउँगाउँमा

चपाकोट,२० वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारलाई नेकपा एमाले चापाकोले तिब्र बनाएकोछ ।
नेकपा एमालेबाट चापाकोट नगरपालिकाको मेयरका उम्मेदवार राजु कोइराला र उपमेयरकी उम्मेदवार सृष्टि मल्ल सहित एमाले नेता एवं कार्यक्रता सहितको टोली एमाले उम्मेदवारलाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी बनाउन जनताको घरदैलोमा पुगेकाछन् ।

एमालेका तर्फबाट चापाकोट नगरपालिकाको लागि मेयरका लागि उम्मेदवारी दिनुभएका चपाकोट नगर कमिटी एमालेका अध्यक्ष राजु कोइरालाले गाउँगाउँमा पुगेर आफ्नो उम्मेदवारी र आफु निर्वाचित भएपछि आफुले गर्ने कामको समेत प्रतिवद्धता जनाउदै यस पटकको निर्वाचनमा एमालेका सबै उम्मेदवारहरुलाई मतदान गरेर अत्याधिक मतका साथ विजयी गराउन आग्रह गर्नुभएको छ । सामाजिक क्षेत्रमा लोकप्रिय रहनुभएका युवा नेता कोइरालाको उम्मेदवारीले चापाकोट बासिमा उत्साहित बनाएको छ । कोइरालाले समग्र चापाकोटको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएकोले एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

यसै गरि उपमेयरकी उम्मेदवार सृष्टि मल्लले एमाले जनताको हितमा काम गर्ने जनताको प्यारो पार्टी भएकोले एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउन आग्रह गर्नुभयो । चापाकोट अनेम संघकी उपाध्यक्ष समेत रहनुभएकी मल्लले समग्र चापाकोट बासी महिला दिदीबहिनीहरुको हक अधिकार र समग्र चापाकोटको विकासको लागि आफुले उम्मेदवारी दिएको बताउदै यस क्षेत्रको विकासका लागि निरन्तर काम गर्ने समेत बताउनुभयो । चापाकोट नगरपालिकाको वडा नम्बर ६, ७ लगायतका वडाहरुमा घरदैलो अभियान गरिएको र अभियान निरन्तर चलिरहेको नेकपा एमाले चपाकोटले जनाएको छ ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal