नेपाली कांग्रेस परित्याग गरि वालिङका मुस्लिम नेता एवं दर्जनौ कार्यक्रर्ता एमालेमा प्रवेश
वालिङ,२० वैशाख– नेपाली कांग्रेस परित्याग गरि वालिङका मुस्लिम नेता एमालेमा प्रेवश गरेकाछन् । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समिति सदस्य जमाल अहमद (बाबु जमालको) नेतृत्वमा नेपाली कांग्रेस सर्मथित दर्जनौ नेता एवं कार्यक्रताहरु आज वालिङ नगरपालिका वडा नम्बर ८ मा आयोजित एक कार्यक्रमका बिच एमालेमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले स्वागत गर्नुभएको थियो ।
कांग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गर्नुभएका जमाल अहमदले नेपाली कांग्रेसले मुस्लिम समुदायको भावना बुझ्न नसकेको र यो समुदायको लागि केही काम नगरेकोले सो पार्टीमा बस्न उचित नभएकोले नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउने अभियानमा आजै देखि लाग्ने समेत बताउनुभयो
कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरुमा हबिव खाँन, यासिन खाँन, सलाउद्धिन मिया, मुहमद आलम, नुरआलम सँयद लगायतका रहनुभएको छ । यसै गरी वालिङ ८ मास्की डाँडाबाट नेपाली कांग्रेस परित्याग गरि रन बहादुर मास्की राना, शंकर एसके जित बहादुर मास्की, लक्षुमण मास्की, कमल गुरुङ र चापाकोटबाट कृष्ण भण्डारी नेपाली कांग्रेस चपाकोट वडा नम्बर १ तरुण दलका सचिव दुर्गा भण्डारी लगायत कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको नेकपा एमाले वालिङ नगर कमिटीले जनाएको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गर्नुहुने सबैलाई पार्टीले उचित जिम्मेवारी दिने समेत बताउनुभयो । नेतृ अर्यालले राष्ट्रिय दायीत्व पुरा गर्न एमालेको जित आवश्क भएको बताउदै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सबै आआफ्नो ठाँउबाट जुटन आग्रह गर्नुभयो । गठबन्धनको लागि एमाले एकलै काफि रहेको बताउदै एमाले सचिव अर्यालले राष्ट्रिय राजनीतिबाट एमालेलाई पाखा लगाउने कसैको तागत नभएको बताउदै फेरिपनि एमाले देशको पहिलो शक्तिका रुपमा उदाउने बताउनुभयो ।
एक फरक प्रसंगमा पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले विकास बजेट रोकेर अफबाह फैलाउनेहरुर्ला जनताले चिनिसकेको बताउदै अब अरुलाई दोश देखाएर उम्कीने अवस्था नभएको र जनता सचेत भइसकेकाले अहिले देशैभर एमाले प्रवेशको लहर चलेको समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले स्याङ्जाका उपाध्यक्ष एवं वालिङ नगरपालिकाको लागि नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका एमाले नेता कृष्ण खाँणले एमाले विजयी भएपछि सबै जातजाती र समुदायको भावना अनुसार काम गर्ने बताउदै नेकपा एमालेका सबै उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरेर आसन्न निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एस परित्याग गरि सोमबार एमाले प्रवेश गर्नुभएका विद्यार्थी नेता मेघनाथ चापाई, नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल एमालेकाे तर्फबाट वालिङ ८ का वडा अध्यक्षका उम्मेद्वार दामाेदर तिवारी लगायतले बोल्नुभएको थियो ।
ताजा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार



























