निर्वाचन संहिता विपरीत वितरण गर्न लागिएको पाईप नियन्त्रणमा
वालिङ,१६ वैशाख- स्याङ्जाकाे वालिङमा यही वैशाख ३० गते हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले वितरण गर्न लागिएको पाईप प्रहरीले नियन्त्रणमा लिईएको छ । निर्वाचन आचारसंहिता विपरीत वालिङ १२ डाँडाखर्कमा पाईप वितरण गर्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेकपा एमाले निकट युवाहरूले डाँडाखर्क लैजादै गरेको पाईप वालिङ वडा नंं १२ र १३ को संगम स्थान दोबिल्लामा भेटेपछि प्रहरीको जिम्मा लगाएका हुन् ।
युवाहरूले निर्वाचन आंचारसंहिता विपरीत नागरिक तथा मतदातालाई प्रभावित पार्ने उद्देश्यले चुनावको मुखमा वितरण गर्न नदिने भन्दै प्रहरी बोलाएर उक्त पाइप प्रहरीको जिम्मा लगाएका हुन् ।
युवाहरुले वालिङ १२ का काङ्ग्रेस उम्मेदवारहरुले निर्वाचन प्रभावित पार्न नियम विपरीत पाइप बाढ्न लागेको दाबी गरेका छन् ।
यता वालिङ नगरपालिका कार्यपालिका सदस्य गीता रनपालले वालिङ नगरपालिकाले याेजनाकाे लागि बजेट छुट्पाटिएकाे र साेहि याेजनाकाे लागि आफुले पाईप पठाएको बताउनु भएकाेछ तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले भने पाईप वितरणको कुनै सम्झौता नभएको र निर्वाचन आचारसंहिताका बारेमा आफू सचेत रहेकाे बताउदै याेजनाकाे विना सम्झाैता सामान पठाउन नमिल्ने बताउनु भयाे। यसरी कार्यपालिका सदस्यले बिना सम्झाैता यसरी चुनावकाे मुखमा सामान वितरण गर्नुले नगरपालिकाकाे रकम दुरुपयाेग भएकाे तथ्यलाई उदाङ्गाे पारेकाे छ। रनपाल कांगे्रसबाट निर्वाचित वालिङ नगर कार्यपालिका सदस्य हुनुहुन्छ। वडाप्रहरी कार्यालय वालिङले नियनत्रणमा लिइएकाे पाईप वडाप्रहरी कार्यालयमा राखिएकाे र हाल सम्म साे पाईपका बारेमा दावि गर्न काेही पनि नआएकाे वडाप्रहरी कार्यालय वालिङले जनाएकाे छ। चुनावलाई प्रभावित गर्न पाँच बन्डल पाईप लगिएकाेमा सबै पाईप प्रहरीकाे नियन्त्रणमा रहेकाे छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















