मेरो “एक भोट” विक्रीमा छ !
तिमीसगँ नोट छ
मसगँ भोट
हामी एक अर्कामा
तालमेल गरौं न हुन्न ?
तिमीलाई चुनाव जित्न
भोट झार्नु छ
मलाई जीवन जिउन,
रहर अनि भोक मार्नु छ
त्यसैले त विज्ञापन गरेको छु
मेरो एक भोट विक्रीमा छ ।
तिमी पार्टीको सिद्धान्तको कुरा नगर
म नैतिकताको कुरा छोड्छु
आज मैले परिवार धान्न
भोट बेचे
भोलि तिमीले देशको अर्थतन्त्र
धान्न भन्दै देश बेच्छौ
मलाई बाध्यता छ
तिमीलाई बहाना
तेसैले तिमी आदर्शको कुरा नगरिकन
भोट किन्न तर्फ लाग
मेरो एक भोट विक्रीमा छ
चुनाव प्रचारमा आउँदा
गाउँमा सिंहदरबार लिने सपना नदेखाउनु
जितेर रोजगार दिने सपना नदेखाउनु
म अचेल व्यावहारिक होइन
व्यापारीक हुँदै गएको छु
आफ्ना छाक टार्नको लागि
पैसा नै सबथोक हो भन्ने भएकोछु
यदि तिमीले
भोटको मुल्य बढाएछौ भने
काका र दाईलाई पनि भोट दिनु भनुला
राम्रालाई जिताउनु पर्छ भन्दै
तै चुप मै चुप बनुला
तिमी किन चिन्ता गर्छौ
धितो राखिदेउ बुढीको गहना र घर
पछि जति पनि लुट्न पाउछौ धन
डबल भएर फिर्ता आउँछ
इज्जत र स्वाभिमान
म
तिम्रो पार्टीको झण्डा बोक्छु
तिम्रै पक्षमा भाषण ठोक्छु
तिम्रै झोले कार्यकर्ता बन्छु
सबैलाई भोट दिन भन्छु
मेरो भोट किनिदेउ
मेरो एक भोट विक्रीमा छ ।
गरिबी घटाउने
तिम्रो चुनावको एजेन्डा होइन र ?
परेवालाई चारो जसरी
पैसा छरिदेउ
युवायुवतीलाई पासपोर्ट
चालीस काटेकालाई रक्सी भरिदेउ
बैशाख ३० नजिकिदै छ
मान्छे चिन्न तर्फ लाग
भोट किन्न तर्फ लाग
मेरो पनि एक भोट विक्रीमा छ ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















