वालिङमा एमाले उम्मेदवार द्वारा उम्मेदवारी दर्ता
वालिङ,१२ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी मनोनयनको अन्तिम दिन आज नेकपा एकालेको तर्फबाट वालिङ नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।
वालिङ नगरपालिकाको नगरप्रमुखको लागि एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका कृष्ण खाँणले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुखको लागि खगिसरा थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नगरप्रमुखका उम्मेदवार खाँण सहित उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको नेकपा एमाले वालिङ नगरकमिटीले जनाएको छ ।
उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु पञ्चेबाजा संगै नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
उम्मेदवारी दर्ता गराए संगै नगरप्रमुखका उम्मेदवार कृष्ण खाँणले नगरपालिकाका जनताको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । खाँणले वालिङलाई साच्चिकै स्मार्ट वालिङको रुपमा विकास गर्ने योजना अनुसार आफुले उम्मेदवारी दर्ता गराएको बताउदै आफ्नो टिमलाई वैशाख ३० गते हुने निर्वाचनमा मतदान गरी अध्याधिक बहुमतका साथ विजयी गराउन आग्रह समेत गर्नुभयो ।
नेकपा एमाले बृत्तमा मात्रै नभएर सबैको लोक प्रिय रहेका युवा नेता कृष्ण खाँणको नगरप्रमुखमा उम्मेदवारी परे संगै नगरवासि उत्साहित भएका छन् । लामो समय देखि सामाजिक कार्यमा सकृय रहदै आएका खाँण अहिले सम्म कुनैपनि लाभको पदमा नबसेको र सबैलाई समान किसिमको ब्यवहार गर्ने भएकोले पनि लोकप्रिय उम्मेदवारको रुपमा चर्चा हुनेगरेको छ ।
नेकपा एमालेको जिल्ला कमिटीका उपाध्यक्ष समेत रहनुभएका खाँणले जनताको मतलाई सहिरुपमा सदुपयोग गर्ने बताउदै यस पटकको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन नुरोध गर्नुभयो ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
























