वालिङमा एमाले उम्मेदवार द्वारा उम्मेदवारी दर्ता
वालिङ,१२ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी मनोनयनको अन्तिम दिन आज नेकपा एकालेको तर्फबाट वालिङ नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।
वालिङ नगरपालिकाको नगरप्रमुखको लागि एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका कृष्ण खाँणले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुखको लागि खगिसरा थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नगरप्रमुखका उम्मेदवार खाँण सहित उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको नेकपा एमाले वालिङ नगरकमिटीले जनाएको छ ।
उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु पञ्चेबाजा संगै नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
उम्मेदवारी दर्ता गराए संगै नगरप्रमुखका उम्मेदवार कृष्ण खाँणले नगरपालिकाका जनताको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । खाँणले वालिङलाई साच्चिकै स्मार्ट वालिङको रुपमा विकास गर्ने योजना अनुसार आफुले उम्मेदवारी दर्ता गराएको बताउदै आफ्नो टिमलाई वैशाख ३० गते हुने निर्वाचनमा मतदान गरी अध्याधिक बहुमतका साथ विजयी गराउन आग्रह समेत गर्नुभयो ।
नेकपा एमाले बृत्तमा मात्रै नभएर सबैको लोक प्रिय रहेका युवा नेता कृष्ण खाँणको नगरप्रमुखमा उम्मेदवारी परे संगै नगरवासि उत्साहित भएका छन् । लामो समय देखि सामाजिक कार्यमा सकृय रहदै आएका खाँण अहिले सम्म कुनैपनि लाभको पदमा नबसेको र सबैलाई समान किसिमको ब्यवहार गर्ने भएकोले पनि लोकप्रिय उम्मेदवारको रुपमा चर्चा हुनेगरेको छ ।
नेकपा एमालेको जिल्ला कमिटीका उपाध्यक्ष समेत रहनुभएका खाँणले जनताको मतलाई सहिरुपमा सदुपयोग गर्ने बताउदै यस पटकको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन नुरोध गर्नुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
























