वालिङमा कांग्रेस उम्मेदवार द्वारा उम्मेदवारी दर्ता
वालिङ,१२ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी मनोनयनको अन्तिम दिन आज नेपाली कांग्रेसको तर्फबाट वालिङ नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।
वालिङ नगरपालिकाको नगरप्रमुखको लागि दिलिप प्रताप खाँणले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुखको लागि कविता तिवारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नगरप्रमुखका उम्मेदवार खाँण सहित उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेसले जनाएको छ ।
उम्मेदवारी दर्ताको लागि कांग्रेस कार्यकर्ताहरु नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
नगरप्रमुखको लागि उम्मेदवारी दर्ता गराउनुभएका खाँण नेपाली कांग्रेसका क्षेत्रीय सभापती हुनुहुन्छ भने वालिङ नगरपालिकाको नगरप्रमुखको रुपमा रहनुभएका खाँण नगरप्रमुखबाट राजीनामा दिएर दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















