पाँच दलिय गठबन्धन संग एकलै भिडन तयारछ एमाले –उपमहासचिव गुरुङ
पोखरा,७ वैशाख– नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पाँच दलिय गठबन्धन संग एकलै भिडन तयार रहेको बताउनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई कसैले पनि हराउन नसक्ने बताउनुभएको छ ।
एमालेको शक्ति संग डराएर एमालेको विरुद्धमा गठबन्धन गरिएको र जति गठबन्धन गरेपनि एमालेलाई केही फरक नपर्ने बताउदै एमालेले जनताको हितमा गरेको कामबाट अत्तालिएर गरिएको गठबन्धन आफै समस्यामा पर्ने र यसले जनताको हितमा काम नगर्ने यो एक स्वार्थ पुर्तिको लागि गरिएको गठबन्धन भएकोले जनताको हितमा नभएको र अहिलेको सरकारको कामबाटै प्रष्ट भएको नेता गुरुङले बताउनुभयो ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागआयोजना र प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको ब्यबस्थापनमा बुधबार पोखरामा आयोजीत स्थानीय तह निर्वाचन केन्द्रित प्रचार भेलालाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले एमालेले सरकारमा रहदा गरेका काम र उपलब्धिहरुलाई जनतासामु लैजान समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
गुरुङले एमालेका बिगतका संघीय, प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिको काम अब्बल रहेको र अब आउने सरकारले ती कामको प्रचार सहित नयाँ विकासका योजनाका स्पस्ट मार्गचित्र प्रस्तुत गरेकोले नै देशका कुना कुनाबाट विभिन्न पार्टी परित्याग गरि विकासप्रेमी जनताहरु एमालेमा प्रवेश गर्ने क्रम दिन प्रतिदिन बढिरहेको समेत बताउनुभो ।mसो अबसरमा उपमहासचिव गुरुङले कास्कीबाट पर्यटन ब्यबसायी क्षेत्र बहादुर गुरुङ ,सुक बहादुर परियार,शम्सेर बहादुर मौरति ,राजकुमार मौरती,सन्त बहादुर बि क,बिशाल परियार ,भिम बहादुर गुरुङ, बिर बहादुर गुरुङ,रामजी सनिया,होम बहादुर परियार लगाएत दर्जन बढी कार्यकर्तालाई लाई एमालेमा स्वागत गर्नुभएको थियो । उहाँहरु ने क पा ९एकीकृत समाजबादी० पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।
कार्यक्रममा नेकपा एमाले गण्डकीका अध्यक्ष नबराज शर्मा, एमाले गण्डकीका उप(सचिब एवं गण्डकीका प्रचार विभाग प्रमुख रश्मि आचार्य,केन्द्रीय प्रचार विभाग सदस्य निर्मला शर्मा, गण्डकीका प्रचार विभाग उपप्रमुख पुण्य पौडेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत , उपाध्यक्ष गणेश पाण्डे, सचिव सुष्मा पौडेल ,प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल,लगायतले स्थानीय तहको निर्वाचनमा प्रचार रणनीति र गर्नुपर्ने कार्यको बारेमा बोल्नुभएको थियो ।
भेलामा गण्डकी प्रदेशका जिल्लाबाट प्रचार विभाग प्रमुखहरु, जन संगठनका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको प्रचार तथा प्रकाशन विभागका सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार






















