कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा नेताहरूको जोड
काठमाडौँ,८ वैशाख– नेपाली कांग्रेसका नेताहरूले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरी एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएका छन् । नेपाल विद्यार्थी सङ्घको ५३औं स्थापना दिवसका अवसरमा स्थानीय निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा नेपाली कांग्रेसमा अधिकांश नेताहरुको भनाइ थपिएका नयाँ मतदाताको समर्थन बटुलेर एक्लै निर्वाचनमा जानुपर्ने भनाइ रहेको थियो ।
कांग्रेस उपसभापति धनराज गुरुङले घरका खेतालालाई घरभित्र थन्क्याएर बाहिरका खेताला खोज्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको निर्वाचनमा कांग्रेसले ५१ सिट होइन ५१ प्रतिशत ल्याउने गरी तालमेलभन्दा एजेन्डामा जोड दिनुपर्छ ।”
कांग्रेस महामन्त्री गगनथापाले अरू दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने पार्टीको स्थानीय तहकै कार्यसमितिले निर्णय गर्ने बताउँदै गठबन्धनबाट भोलिका दिनमा धोका हुनसक्नेतर्फ आजै सोच्नुपर्ने बताउनुभयो । गठबन्धनलाई अन्यथा नलिए पनि विगतका घटनाबाट पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो । महानगर र उपमहानगरमा केन्द्रबाटै चुनावी तालमेलको निर्णय भए पनि गठबन्धन नगर्दा केही ठाउँमा कम सिट जिते पनि निर्वाचित भएका ठाउँमा भविष्य बनाउने गरी चुनावी मैदानमा जानुपर्नेमा थापाको जोड थियो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















