एमाले स्याङ्जाले ३ पालिकामा छान्यो प्रमुख र उपप्रमुख


वालिङमा खाँण, आँधिखोलामा पौडेल र हरिनासमा मानन्धर सर्वसम्मवत

वालिङ,५ वैशाख– नेकपा एमालेले यही ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट कार्यलाई तिब्रता दिएको छ । निर्वाचनको मिति नजिकिदै जादा एमालेले सम्बन्धित पालिकाका कमिटीहरुको बैठकबाट उम्मेदवार छनोट प्रकृयालाई अगाडी बढाउदै आएको छ ।
जिल्लाको केन्द्रभागमा रहेको वालिङमा नगरपालिकाको प्रमुखको लागि उम्मेदवारी कसले पाँउछ भन्ने चर्चा चलिरहेकै बेला नेकपा एमाले वालिङ नगर कमिटीले पार्टीको तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । आइतबार नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा बसेको नगर कमिटीको बैठकले यही वैशाख ३० गते हुने निर्वाचमा वालिङ नगरपालिकाको नगरप्रमुख (मेयर) को उम्मेदवारमा कृष्ण खाँणलाई सर्वसम्मत रुपमा चयन गरेको छ भने नगरउपप्रमुख (उपमेयर)को उम्मेदवारमा खगीसरा थापालाई चयन गरेको छ । सर्वसम्मत रुपमा चयन हुनुभएका खाँण नेकपा एमाले स्ङ्जाका जिल्ला उपाध्यक्ष हुनुहन्छ भने थापा जिल्ला सचिवालय सदस्य हुनुहुन्छ ।

यसै गरी नेकपा एमालेले आँधिखोला गाउँपालिकामा विश्व पौडेललाई गाउँपालिका प्रमुख र सीता थापालाई उपप्रमुखको उम्मेदवारमा सहमतिमै चयन गरिसकेको छ । गाउँपालिकाको प्रमुख (अध्यक्ष) को उम्मेदवारको रुपमा चयन हुनुभएका पौडेल नेकपा एमाले जिल्ला कमिटीको उपसचिव एवं पार्टीको प्रचारप्रसार विभागको प्रमुख हुनुहुन्छ भने सीता थापा जिल्ला समन्वय समितीको सदस्य हुनुहुन्छ । हरिनास गाउँपालिकामा अध्यक्षको उम्मेदवारको रुपमा खिमनारायण मानन्धरलाई अगाडी सारिएको छ । नेकपा एमाले हरिनास गाउँकमिटीले मानन्धरलाई सर्वसम्मत रुपमा पालिकाको प्रमुख (अध्यक्ष)को उम्मेदवारको रुपमा चयन गरेको हो । मान्नधर हरिनास गाउँपालिकाको बहालवाला अध्यक्ष समेत हुनुहुन्छ ।

एमालेले सकेसम्म सहमतिमै उम्मेदवार बनाउने योजना अनुसार ११ ओटा स्थानीय तह रहेको स्याङ्जामा उम्मेदवार छनोट प्रकृया स्थानीय कमिटी मार्फत भइरहेको जिल्ला अध्यक्ष सूयप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो । एमालेले वडा अध्यक्षका उम्मेदवारहरु समेत सहमतिमा टुङ्ग्याउदै आएको छ भने केही ठाँउमा बाकी रहेको स्थानीय कमिटीहरले जनाएकाछन् ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal