डाडाखर्कमा जिप दुर्घटना हुदा घाईते भएका ६ जनाको पोखरामा उपचार हुदै
वालिङ,४ वैशाख– वालिङ नगरपालिका १२ डाडाखर्कमा आइतबार बिहान जिप दुर्घटनामा परि घाइते भएका ६ जनाको पोखरामा उपचार भइरहेको छ ।
डाडाखर्कबाट झलुङ्गे बजार तर्फ आउदै गरेको ग १ ज ७३९९ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने गम्भीर घाईते भएका ६ जनाको पोखरा स्थित गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
घटना स्थलमै ४ जनाको मृत्यु भएको र उपचरको लागि अस्ताल ल्याउदै गर्दा एक बालकको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा ६५ वर्षका वीर बहादुर डाला, ४५ वर्षका हिरा डाला, २५ वर्षीया शर्मिला सारू, उहाँको सात महिने छोरा, ६१ वर्षीया कुल कुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा वालिङल १२ डाडाखर्कका अन्दाजी ६० वर्षका अंग बहादुर डाला, ५५ वर्षीया माया कुमारी शारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नबिना शारु, १९ वर्षीय लक्ष्मी डाला र ६० वर्षीय दल बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
जिप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँमै भएको दुःखद घटनाले यतीबेला गाउँ शोकमा डुबेको छ ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार






















