म्याग्दीको दुर्गम गाउँका बासिन्दालाई मोवाइल सेवाले दियो खुसी

थम्मन थापा

म्याग्दी,३० चैत– सञ्चार सेवाको समस्या झेल्दै आएका जिल्लाकै दुर्गम गाउँका बासिन्दामा यतिबेला भने खुसियाली छाएको छ । जिल्लाको अति दुर्गम गाउँका स्थानीय बासिन्दा सञ्चारको सहज उपभोग गर्न पाए संग उनीहरुमा खुसीयाली छाएको हो ।

जिल्लाको मल्कबाङ, मलम्पार लगायतका बासिन्दाहरु सूचना आदान प्रदान गर्न र आफन्तको हालखबर बुझ्नका साथै सरकारी कामकाजका लागि त्यस क्षेत्रमा मोबाइल सेवा नहुदा घण्टौं पैदल यात्रा गर्न बाध्य थिए । अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरे संगै स्थानीय बासिन्दामा आफ्नै गाउँठाँउबाट सेवा लिन पाउने भएपछि स्थानीय बासिन्दामा खुसियाली छाएको हो ।

नेपाल टेलिकमले धौलागिरी गाउँपालिका ५ मल्कबाङको धुरीमा १२ मिटर अग्लो टावर निर्माण गरि टुजी र थ्रीजी सेवा एक साथ सञ्चालनमा ल्याए सँगै नमस्ते मोवाइल प्रयोगकर्ता लाभान्वित भएका छन ।

टावर सञ्चालनमा आएपछि धौलागिरी गाउँपालिको ५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा,६ को मराङ, बुल गाउँ, रघुगंगा गाउँपालिकाको ८ कुईने खानी, मालिका गाउँपालिकाको ७ बिमको अधिकांश भुभागमा नेपाल टेलिकमको टावरले काम गर्न थाले संगै स्थानिय बासिन्दा खुसी भएका हुन ।

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप अत्यन्तै विकट र दुर्गम बस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेकोे नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले बताउनुभयो ।

स्थानियलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए । शर्माले भनें “म्याग्दी जिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा मोवाईल सेवा सुचारु भए सँगै पहिले डाँडा तिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, ईन्टरनेटको पहुँच बाहिर रहनुपर्ने बाध्यता हटेको छ“।

यो क्षेत्रमा पहिले नेटवर्क नै थिएन धेरै भुभाग र बस्तीमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भुभाग समेटने गरि यो टावर निर्माण गरि सेवा सुचारु गरेपश्चात अहिले समस्या हल भएको कार्यालय प्रमुख शर्माको भनाई छ ।

आफना पालिकाबासी नागरिकको सूचना र सञ्चारको समस्यालाई मध्यनजर गरि गाउँपालिकाको सहयोग, स्थानीय बासिन्दा सँग समन्वय र नेपाल टेलिकम सँगको सहकार्यमा स्थायी संरचना निर्माण गरि मोवाइल सेवा सुचारु गर्न सफल भएको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी जानकारी दिनुभयो । टेलिकमले उक्त स्थानमा मोवाईल सेवा सञ्चालन गर्न एक वर्ष पहिले देखि धौलागिरी गाउँपालिका र स्थानीस बासिन्दा सँग आवश्यक समन्वय र गृहकार्य गरिरहेको थियो ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal