परमादेश सरकारको उपहार मूल्य वृद्धि ः एमाले नेता बस्नेत
गोपाल जिटी
स्याङ्जा,३० चैत– नेकपा एमालेका नेता महेश बस्नेतले परमादेशको सरकारले जनतालाई मूल्य वृद्धिको उपहार दिएको बताउनुभएको छ । बुधबार राष्ट्रिय युवासंघ नेपाल वालिङ नगर कमिटिले आयोजना गरेको भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री बस्नेतले जनताको दैनिकिलाई कष्टकर हुने गरी मूल्य वृद्धि हुँदा समेत सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्नुभयो ।
डिजेल पेट्रोल, खानेतेल देखि खाद्यान्नमा अत्यधिक मूल्य वृद्धि भएका कारण सरकारले यसप्रति चासो नदिएको उहाँको भनाई छ । नेपाली कांगे्रसले लामो समय नेतृत्व गरेपछि कुनै ऐतिहासिक काम गर्न नसकेको ईतिहास रहेको उहाँले बताउनुभयो । गठबन्धनको सरकारले नागरिकलाई भ्रम सिर्जना गर्ने बाहेक अन्य कुनै काम गर्न नसकेको उहाँको टिप्पणी छ । नेता बस्नेतले आगामी निर्वाचनमा जनताले नेकपा एमालेलाई दुईतिहाई मतका साथ विजयी गराउने उहाँको विश्वास छ ।
केन्द्रीय इन्चार्ज बस्नेतले नेकपा एमालेलेमात्र समाज रुपान्तरणको अभिभारा बोक्न सक्ने हिम्मत राख्ने बताउनुभएको हो । उहाँले भन्नुभयो—“जनताको विश्वास नेकपा एमालेलाई र जनमतमा विश्वास नेकपा एमालेले मात्र गर्ने पुष्टी भैसकेको छ । नेकपा एमालेलेमात्र शोषण, दमन र उत्पिडनको अन्त्य गर्ने आँट र शाहस गर्नसक्छ, नेकपा एमालेले मात्र पछाडि परेका जात र वर्गलाई राज्यको मूल प्रवाहमा समाहित गर्नेकुरामा महत्वपूर्ण भूमिका खेल्नसक्छ । नेकपा एमालेले मात्रै यो मुलुकको राष्ट्रियता जोगाउने, गुमेका भूभागहरु फिर्ता ल्याउने नेपाली जनताको मान सम्मान र नेपाली जनताको आशा र भरोसा जोगाउनसक्छ ।”
केन्द्रीय इन्चार्ज बस्नेतले नेकपा एमालेले मात्रै सुशासन ल्याउनसक्ने उल्लेख गर्नुभयो । भ्रष्टाचार, घुसखोरी, अनियमितता, तस्करी, माफियातन्त्रलाई दृढताका साथ विधि र कानूनको प्रयोग गरेर अन्त्य गर्नेकुरामा नेकपा एमालेले मात्र भूमिका खेल्नसक्छ भन्नेकुरा आम जनताको मन मनमा र घर घरमा पु¥याउन सफल भएको उहाँको भनाई छ ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















