गल्याङ नगरपालिकाद्वारा किसानलाई कृषि औजार वितरण, केही हुने खानेहरुलाई चित्त नबुझे पनि किसानलाई राहत पुगेको नगरप्रमुख अधिकारीको भनाइ
नगरपालिकाले दिदै आएको प्रतिलिटर १५ रुपैयाँ अनुदान केही हुने खानेहरुलाई चित्त नबुझेको भए पनि वास्तविक किसानलाई राहत पुगेको बताउनुभयो ।
गल्याङ,२४ चैत– गल्याङ नगरपालिकाले नगरपालिका भित्ररहेका कृषकलाई हाते ट्याक्टर र कम्बाइन मिल वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसाहरुलाई हाते ट्याक्टर तथा कम्बाइन मिल वितरण गरेको हो ।
किसानहरुलाई औजार बितरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख भुपराज अधिकारीले उत्पादनमा कमि हुँदा देशमा आर्थिक संकट बढ्दै गएको बताउनुभयो । उहाँले रेमिट्यान्समा मात्रै निर्भर हुँदा देश नै आर्थिक संकटमा जाने बताउदै श्रीलंकाबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो, “मैले आफु निर्वाचित भए देखि नै कृषि र पशुपालनलाई विशेष जोड दिदै आएको छु, त्यो भनेको उत्पादन बढाउने कुरा हो ।” पेशा कृषि भनिए पनि धेरै किसानहरु किनेर खाने समूहमा पर्ने गरेको भन्दै उहाँले अब बेचेर खाने किसानमा रुपान्तरण हुनुपर्ने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले किसानहरुको सहजताका लागि आफु सधैं क्रियाशिल रहेको भन्दै किसान लक्षीत अनुदानहरुलाई बढाउँदै जानुपर्ने बताउनुभयो । नगरप्रमुख अधिकारीले दुधमा नगरपालिकाले दिदै आएको प्रतिलिटर १५ रुपैयाँ अनुदान केही हुने खानेहरुलाई चित्त नबुझेको भए पनि वास्तविक किसानलाई राहत पुगेको बताउनुभयो ।
अधिकारीले भन्नुभयो, “उत्पादनको आधारमा अनुदानको व्यवस्थाले गरी खाने वर्गलाई राहत पुग्छ र गरीबि कम हुन्छ ।’ आफु सधैं कमजोर वर्गलाई माथि उकास्ने पक्षमा भएको भन्दै नगरप्रमुख अधिकारीले अहिले माग र आवश्यकताको आधारमा किसानहरुलाई लागत साझेदारीमा हाते ट्याक्टर तथा कम्बाइल मिल वितरण गरिएको बताउनुभयो । किसानहरुको आवश्यकताको आधारमा अनुदान वितरणको कार्यक्रम ल्याएको र यसले उत्पादन बढाउन भूमिका खेल्ने नगरप्रमुख अधिकारीको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले कृषि क्षेत्रमा यान्त्रीकरणको खाँचो रहेको भन्दै त्यो पुरा गर्न यस्ता कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभयो । उहाँले हाते ट्याक्टर वितरण पछि किसानहरुलाई काम गर्न सहज हुनुका साथै उत्पादन बढाउने कार्यमा सहयोग पुग्ने बताउनुभयो ।
कृषि शाखा प्रमुख शिब ढकालले प्रति ट्याक्टर १९ हजार पाँच सयमा ८५ वटा ट्याक्टर तथा प्रति कम्बाइन मिल १४ हजार पाँच सयमा ४५ वटा कम्बाइन मिल वितरण गरिएको जानकारी दिनुभयो ।

ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















