वालिङमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान
वालिङ,२५ चैत– ‘क्षयरोग अन्त्यकालागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराकासाथ क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत स्थानीय समितिको अभिमुखीकरण कार्यक्रम आज वालिङमा गरिएको छ ।

वालिङ नगरपालिकाको आयोजनामा जनप्रतिनिधिहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख कल्पना तिवारीले यस अभियानलाई सफल सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले नियमितरुपमा औषधि सेवन गरेको खण्डमा समयमै निको हुने र अरुलाई पनि नसर्ने भएकाले रोग नलुकाउन पनि आग्रह गर्नुभयो ।
रोग लुकाएर होईन समयमै रोगको पहिचान गरेर औषधि उपचार गरेमा निको हुने भएकाले विशेष गरी सचेतनामूलक कार्यक्रम सञ्चालनतर्फ जोड दिनुपर्ने उहाँले बताउनुभाये ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले क्षयरोग मुक्त नेपाल घोषणा राष्ट्रिय अभियान भएको र यसलाई स्थानीय सरकारले अवलम्बन गर्दै घर घरमा पुगेर रोगको पहिचान गरी निदान गर्नतर्फ अगाडि बढिने बताउनुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले नेपाललाई क्षयरोग मुक्त गर्ने लक्ष्यसहित अगाडि बढिरहेको अवस्थामा वालिङ नगरपालिकामा सञ्चालन हुन लागिरहेको यस अभियानलाई घर घरमै पु¥याईने बताउनुभयो ।


ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















