वालिङमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान

वालिङ,२५ चैत– ‘क्षयरोग अन्त्यकालागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराकासाथ क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत स्थानीय समितिको अभिमुखीकरण कार्यक्रम आज वालिङमा गरिएको छ ।

वालिङ नगरपालिकाको आयोजनामा जनप्रतिनिधिहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख कल्पना तिवारीले यस अभियानलाई सफल सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले नियमितरुपमा औषधि सेवन गरेको खण्डमा समयमै निको हुने र अरुलाई पनि नसर्ने भएकाले रोग नलुकाउन पनि आग्रह गर्नुभयो ।
रोग लुकाएर होईन समयमै रोगको पहिचान गरेर औषधि उपचार गरेमा निको हुने भएकाले विशेष गरी सचेतनामूलक कार्यक्रम सञ्चालनतर्फ जोड दिनुपर्ने उहाँले बताउनुभाये ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले क्षयरोग मुक्त नेपाल घोषणा राष्ट्रिय अभियान भएको र यसलाई स्थानीय सरकारले अवलम्बन गर्दै घर घरमा पुगेर रोगको पहिचान गरी निदान गर्नतर्फ अगाडि बढिने बताउनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले नेपाललाई क्षयरोग मुक्त गर्ने लक्ष्यसहित अगाडि बढिरहेको अवस्थामा वालिङ नगरपालिकामा सञ्चालन हुन लागिरहेको यस अभियानलाई घर घरमै पु¥याईने बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal