संस्कृति संरक्षणकाे लागि आँधीखाेला गाउँपालिकाद्वारा पञ्चेबाजा हस्तान्तरण

वालिङ,२५ चैत- लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ।

विभिन्न शुभ कार्यका शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउन सक्रिय दलित समुदायलाई पञ्चेबाजाको दुईवटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्याली वितरण गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए । पञ्चेबाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र यसवाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित वाजा वितरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

करीब ८ लाख रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो । सिरुवारी बाजा समूह आँधीखोला १ ,माझकटेरी बाजा समूह आँधीखोला १ ,उखुवारी बाजा समूह आँधीखोला २,मडुवा नौमति बाजा समूह आधीखोला २ ,पाख्रीबोट बाजा समूह आँधीखोला ३ ,पंचासे बाजा समूह आँधीखोला ४ ,सेपत बाजा समूह आँधीखोला ४,अरिङ्गाले बाजा समूह आँधीखोला ५ लाई बाजा उपलब्ध गराइएको हो ।
अरिङ्गाले बाजा समूह आँधीखोला ५ का अध्यक्ष ठाकुर परियारले वर्षौं पहिले खरिद गरेका बाजालाई मर्मत गरेर चलाउने गरिएको र नयाँ बाजा महँगो पर्ने भएकाले धेरै बाजा समूहले किन्न नसक्ने अवस्थामा रहेकोमा पालिकाले बाजा दिएपछि खुशी भएको व्यक्त गरे ।
कार्यक्रममा बाजा वितरणसँगै प्रथम कार्यकालमा सम्पादित कार्यहरुको संगालो स्वेतपत्र बिमोचन तथा सार्वजनिकीकरण,विद्यालय स्वच्छ खानेपानी कार्यक्रम अन्तर्गत सम्पूर्ण विद्यार्थीहरुको लागि युरोगार्ड र पानी ट्याङ्की हस्तान्तरण साथै गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको गाउँपालिकाका सूचना प्रविधी अधीकृत रोशन लामिछानेले बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal