बिन्धबासिनी म्युजिक अवार्डमा छनोट स्याङ्जाका अर्जुन गैरेको ‘धुलो खाएर’
वालिङ,२४ चैत– कलाकार अर्जुन गैरेकोे ‘धुलो खाएर’ बोलको गीत बाह्रौ बिन्दबासिनी अवार्डमा पर्न सफल भएको छ । बिन्धबासिनी म्युजिक प्रालिले सञ्चलन गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीतको छनोटमा गैरेको गीत पर्न सफल भएको हो । वालिङ नगरपालिका १३ बायाँटारी स्थायी घर भएका गैरे लामो समयदेखि सांगीतिक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।
२०६३ सालमा सार्वजनिक भएको ‘गर्नु गर्यौं बलराम भैंसी पालेर दुनियाँलाई ढाँटेर खाँटी दुधमा पानी हालेर’ संगै एकाएक चर्चामा आउनुभएका गैरेको केही समय पहिला बजारमा आएको ‘धुलो खाएर’ बोलको गीत सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीतका साथै सर्वोत्कृष्ट लोकदोहोरी गीतका रुपमा छनोटन भएको हो ।

बाह्रौ बिन्दबासिनी अवार्डमा प्रतिष्प्रधाको लागि आफ्नो गीत छनोट भएकोमा खुसि व्याक्त गर्दै गैरेले भन्नुभयो, “यो अवसरले मलाई यस क्षेत्रमा लाग्न थप उत्साहित बनाएको छ । समाज र देशको यथार्थ अवस्थालाई चित्रण गर्ने गरी मैले यो गीतको रचना गरेको मेरो गीतलाई प्रतिष्प्रधाको लागि छनोट गर्नुभएकोमा सम्बन्धीत पक्षलाई धन्यवाद दिन चाहान्छु । ” सांगीतिक क्षेत्रमा देखिएको विसंगती र बिकृतीलाई निरुत्साहीत गर्न पनि यस्ता कार्यक्रमहरुले थम सहयोग पुग्ने बताउदै उहाँले आफ्ना हरेक रचनाहरु सन्देश मुलक हुने बताउनुभयो ।
सांगीतिक क्षेत्र समाजको ऐना भएकोले समाजलाई मार्गदशन गर्ने खालका सन्देश मूलक रचना नै अहिलेको आवश्यकता भएको समेत गैरेले बताउनुभयो । बिन्धबासिनी म्युजिक प्रालि द्वारा आयोजना गरिएको बाह्रौ बिन्दबासिनी म्युजिक अवार्डमा अर्जुन गैरेको ‘धुलो खाएर’ संगै पुरुषोतम ढकालको ‘मनमनमा नेपाली’ प्रकाश सपुतको ‘मेरो पनि हैन र यो देश’ चिरन्तन राणाको ‘कालापानी’ । तेशान्त शान्तीको ‘देशका लागि’ बोलको गीत प्रतिष्प्रधाको लागि छनोटमा परेकाछन् । उत्कृष्ट अवार्ड छनोटका लागि यस क्षेत्रका विज्ञहरुको मूल्याङ्कनका साथै भोटिङलाई समेत आधार मानेर अन्तिम नतिजा आउने छ ।
२०७९ वैशाख ३ गते काठमाडौंमा अवार्डको घोषणा गरिने आयोजकले जनाएको छ । गैरेलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर बीएमए एक स्पेस छाडेर १९ए टाइप गरी ३३००१ मा म्यासेज गर्नुपर्ने छ । नेपाली सांगीतिक क्षेत्रमा छाडा पन बढ्दै गएको अवस्थामा राष्ट्रिय भावना र समाजको यथार्थतालाई आधार मानेर रचना गरिएको ‘धुलो खाएर’ बोलको गीत अवार्डको लागि प्रतिष्प्रधाको लागि छनोट भए संगै सांगीतिक क्षेत्रमा लाग्नेहरुलाई आफ्ना रचनाहरुका बारेमा सोच्न बाध्य बनाएको छ । सांगीतिक क्षेत्रका साथसाथै शिक्षण पेशामा रहेर काम गर्दै आउनुभएका अर्जुन गैरे गल्याङ नगरपालिका ८ चिध्यारमा रहेको रामराज्य आधारभूत विद्यालयका प्रधानाध्यापक समेत हुनुहुन्छ ।
हाल सम्म उहाँका ६ ओटा एल्बम प्रकाशि भइसकेका छन् । बाह्रौ बिन्दबासिनी अवार्डमा पर्न सफल ‘धुलो खाएर’ बोलको गीतमा रचना,लय स्वर गैरेको नै रहेको छ ।
ताजा
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार





















