आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह सार्वजनिक


वालिङ,१२ चैत- आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ ।तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०७८ को दोस्रो दिन चैत ११ गते गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा लोगो सार्वजनिक गरिएको हो।
आँधीखोला गाउँपालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको गाउँपालिकाको पहिचान झल्कने देहाय बमोजिमको लोगो निर्माण गरिएको छ ।
प्रतिक चिन्हको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बिचमा नेपालको रास्ट्रिय झण्डा राखिएको छ । त्यसैगरि तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना लेखिएको छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धानको बाला देखाइएको छ ।
प्रतिक चिन्हको गोलाकार भागले यस गाउँपालिकाका विभिन्न पक्षहरुलाई झल्काउने काम गरेको छ । उदाँउदो सुर्य सहित रहेका हरियाली डाँडाकाँडा तथा रुखहरुले गाउँपालिकाको प्राकृतिक सौन्दर्यतालाई झल्काएको छ । पर्यटकीय दृष्टिकोणले राष्ट्रिय स्तरमा परिचित देशकै पहिलो होमस्टे शिरुवारी गाउँ र श्रवणकुमारलाई प्रतिक चिन्हमार्फत विशिष्टकरण गरिएको छ । आँधीखोलाको नक्सा समेटेको उक्त प्रतिक चिन्हले अन्धाअन्धी दहबाट झरेको झरना आँधीखोलामा मिश्रण भएको भावलाई झल्काएको छ । कृषि क्षेत्रलाई गाउँपालिकाको समृद्धिको आधार देखाउन दुई जना व्यक्तिले खेतमा काम गरिरहेको र लैङ्गिक समानता, एकता,समन्वय सहकार्यलाई झलकाउन महिला पुरुषले हात मिलाएको देखाइएको छ ।i

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal