मासुमा अनुदानको व्यवस्था गर्छौ ः नगरप्रमुख अधिकारी


गल्याङ,१६ चैत– गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले मासुमा अनुदान दिने बताउनुभएको छ । कृषकले मासु जन्य वस्तुको उत्पादन गरेका आधारमा अनुदानको व्यवस्था गर्न लागिएको बताउनुभएको हो । मासुमा उत्पादनका आधारमा अनुदान दिन कार्यविधि बनाउन लागिएको नगरप्रमुख अधिकारीको भनाइ थियो ।

बुधबार गल्याङमा भएको नेपाल व्यवसायिक बाख्रापालक महासंघ, स्याङ्जाको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा किसानले मासु वा मासु जन्य वस्तुको विकृ गरेको आधारमा मासुमा अनुदानको व्यवस्था गर्न लागिएको बताउनुभएको हो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, “दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिए जस्तै मासुमा पनि निश्चित रकम तोकेर प्रतिकिलोमा अनुदान दिने गरी कार्यविधि बनाउँदैछौं ।”

उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्दा दुःख गर्ने किसानसामु अनुदान पुग्ने भन्दै उहाँले कागजपत्र मिलाएर अनुदान लिने तथा आफ्नालाई मात्रै अनुदान दिने अवस्थाको अन्त्य गर्ने अभियानमा आफुरहेको समेत नगरप्रमुख अधिकारीले बताउनुभयो । नगरप्रमुख अधिकारीले निर्वाचित प्रतिनिधि सबैको साझा हुने भएकाले अनुदान तथा अन्य कामहरुमा भेदभाव गर्न नहुनेमा जोडमा दिनुभयो ।
नेपाल व्यवसायिक बाख्रापालक महासंघको जिल्ला अधिवेशन गल्याङमा भएकोमा आफु हर्सित भएको भन्दै उहाँले किसानका लागि गर्नुपर्ने कामका लागि आवश्यक सुझाब दिन महासंघसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले बाख्रापालन गर्ने क्रममा नै किसानहरुलाई अनुदान दिनुपर्ने बताउनुभयो । उहाँले किसान सबैको भगवान भएकाले सबै पक्षले किसानलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल व्यवसायिक बाख्रापालक महासंघका महासचिव अमृत तिवारीले युवाहरु कृषि क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । उहाँले विदेशी भूमिमा परिश्रम गर्नुभन्दा स्वदेशमै कृषि क्षेत्रबाट आर्थिक अवस्था सुदृढ बनाउन सकिने बताउनुभयो ।
गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख तथा नमूना बाख्रा गाउँ अभियानका अभियान्ता सुशिल अर्यालले बाख्रापालन गर्दा प्राविधिक पक्ष, दाना, घाँस लगायतमा ध्यान दिनुपर्ने बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal