हरिनासमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

वालिङ,११ चैत– हरिनास गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको आयोजना र हरिनास गाउँपालिकाको समन्वयमा हरिनास गाउँपालिका ६ क्याक्मीमा बिहीबार एक कार्यक्रमका बिच नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको हो ।
सेवा केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले आयुर्वेद संग सम्बन्धीय यस नागरिक आरोग्य केन्द्रले पालिका बासिको स्वास्थ्यमा महत्वपूर्ण सहयोग पुग्ने बताउदै पालिका बासिलाई सक्दो सेवा लिन समेत आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्ष मानन्धरले आरोग्य सेवा केन्द्रको स्थापना गर्नको लागि सहयोग गरेकोमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जालाई धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ब्यव्स्थापन समितिका अध्यक्ष यज्ञप्रसाद पौडेलले नागरिक आरोग्य सेवा केन्द्रले पालिका बासिलाई सहयोग पुग्ने विश्वास ब्याक्त गर्दै आगामी दिनमा पनि पालिका संग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाकी प्रमुख डा. सुभद्रा कार्कीले आयुर्वेद प्रति सर्वसाधारण जनताको चासोका साथ यस प्रति विश्वास बढिरहेको बताउदै ढुक्क भएर सेवा लिन आग्रह गर्नुभयो । प्रमुख डा. कार्कीले भन्नुभयो, “आयुर्वेद चिकित्सा पद्धतिका बारेमा अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ, यसका बारेमा सबैले सकरात्मक रुपमा सोचनु निकै महत्वपूर्ण कुरा हो । यसले हामीलाई थप उत्साहित बनाएको छ ।” अहिले नसर्ने रोगहरु दिनप्रतिदन बढिरहेको अवस्थामा सेवा केन्द्रमा आएर परामर्शका साथै योग, ध्यान प्रणायम लगायतका सेवाहरु लिन समेत आग्रह गर्नुभयो । योग प्रणायम र ध्यानले मानिसको शरिरलाई स्वास्थ्यका साथै फुर्तिलो निरोगी बन्न मद्दत पुग्ने भएकोले यसको महत्व झनै बढेर गएको डा. कार्कीको भनाइथियो । आयुर्वेदिक औषधीहरुको चिकित्सकको सल्लाहामा सेवन गर्नाले कुनै पनि प्रकारको साईड इफेक्ट नपर्ने भएकोले स्वास्थ्य परीक्षण गरेर औषधीको सेवन गर्न आग्रह गर्नुभयो ।

आरोग्य सेवा केन्द्रबाट स्वास्थ्य परामर्श आयुर्वेदिक औषधीको वितरणका साथै जिवनशैलीका बारेमा प्रामर्श योग, शरिरमा हुने दुःखाई कम गर्न सहयोग पुग्ने खालको आयुर्वेदिक थेरापी सवे समेत प्रदान गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले जनाएको छ । कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि तिल बहादुर थापा, नेपाली कांग्रेका रेनु थापा, नेकपा समाजवादिका मदन गोतामे हरिनास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम पोखरेल लगायतले बोल्नुभएको थियो ।

ताजा

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal