आर्थिक अभावकाकारण समस्यामा परेकी स्याङ्जाकी कुश्मालाई वेलायतबाट सहयोग
वालिङ,४ चैत– सिभिल इन्जिनियरिङको अध्ययन गरिरहेकी स्याङ्जाकी कुश्मा थापा मगरलाई वेलायतमा रहेका मनकारी नेपालीहरुले आर्थिक सहयोग गरेकाछन् ।
स्याङ्जाको त्रिभुवन आदर्श नमुना माविमा प्राबिधिक शिक्षा तर्फ सिभिल इन्जिनियरिङको अध्ययन गरिरहेकी कुश्मालाई आर्थिक अभावका कारण पढाईमा समस्या भएपछि वेलायतमा रहेका नेपालीहरुले ५० हजार रुपैँया सहयोग गरेका हुन । वेलायतमा रहनुभएकी खुमा थापा, कृष्ण कुमारी थापा र लक्ष्मी थापाले कुश्माको अध्ययनको लागि सो रकम सहयोग गर्नुभएको हो ।
वेलायतमा रहनुभएका स्याङ्जा सहयोग समाज यूकेका अध्यक्ष शारदा गुरुङ्को पहलमा कुश्मालाई सहयोग रकम हस्तान्तरण गरिएको हो । एक मिहिनेती र प्रतिभाशाली छात्राले आर्थिक अभावकै कारण अध्ययनमा भोग्नुपरेको समस्यालाई थोरै भएपनि सहयोग पुगोस भनेर सो सहयोग गरिएको स्याङ्जा सहयोग समाज यूकेका अध्यक्ष शारदा गुरुङ्ले जानकारी दिनुभयो । गुरुङ्ले भन्नुभयो, “कुश्माले आर्थिक अभावमा पढाईमा समस्या भोग्नुपरेको थाहा पाएपछि अहिलेको लागि वेलायतमा बस्दै आएका तीन दिदीबहिनीले सहयोग गर्नुभएको छ । कुश्माको विई सम्मको अध्ययनको लागि समेत सहयोग गर्न हामी तयारछौ ।”
तस्वीरमा – कुश्माको अध्ययनको लागि सहयोग गर्ने वेलायतमा रहनुभएकी खुमा थापा, कृष्ण कुमारी थापा र लक्ष्मी थापा
स्याङ्जाको भारती माध्यमिक विद्यालय काल्खुबाट २०७६ सालमा एसईई गरेकी कुश्मालाई तीन वर्ष सम्म अध्ययन गर्दा २ लाख १० हजार शुल्क लाग्छ अहिले सम्म दोस्रो सेमेष्टरमा पुग्दा ७० हजार रुपैँया बुजाएको र बाकी शुल्क कसरी बुजाउने भन्ने पिरलोले उनलाई सताइरहेको छ ।
विगत ८÷९ वर्षदेखि बाबु सम्पर्क बिहिन भएपछि कुश्माको परिवारले मज्दुरी गरेर आफ्नो जिविका चलाउदै आएको छ । पुतलीबजार नगरपालिका ९ काल्खु स्थायी घर भएकी कुश्मा यतीबेला अध्ययनको लागि जिल्ला सदरमुकाम स्थीत स्याङ्जा बजारमा डेरा गरेर बस्दै आउनुभएको छ ।
यस अघि कुश्मा सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चका वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङले २० हजार रुपैँया सहयोग गरे पछि त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयमा भर्ना भएर अध्ययन गर्दै आएको थापाले बताउनुभयो । अहिले सम्म विद्यालयबाट शुल्कमा कुनै पनि सहयोग नपाएको बताउदै थापाले भन्नुभयो, “पढाईलाई अगाडी बढाउने अनुकुल वातावरण पाएमा मैले विई सम्मको अध्ययन पुरा गर्ने योजनामा छु ।” पढ्ने चाहाना हुदाहुदै पनि घरको आर्थिक अवस्था कमजोर हुदा समस्या परेको छ । कुश्माको अध्ययनको लागि बेलाबेलामा आफ्न्तहरुले समेत सहयोग गर्दै आएका छन् । कुश्माको आमा र भाईको गाउँमा बस्दै आएका छन् ।
ताजा
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार






















