आँधिखोला बहुप्रविधिक शिक्षालयका प्रशासकीय सहायक डुम्रेको निधनमा श्रद्धाञ्जली सभा


वालिङ,२० माघ– आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ १३ मा कार्यरत प्रशासकीय सहायक दयाराम डुम्रेको निधन प्रति दुःख व्याक्त गर्दै शिक्षालयमा श्रद्धाञ्जली सभा गरिएको छ । वालिङ नगरपालिका १३ कटौजे निवासी डुम्रेको ३२ वर्षको उमेरमा काठमाडौंमा उपचारका क्रममा मंगलबार निधन भएको थियो ।
डुम्रेको निधन प्रति दुःख व्याक्त गर्दै शिक्षालयले आज (बिहीबार) शिक्षालयमा शोक सभाको आयोजना गरेर डुम्रे प्रति श्रद्धाञ्जली व्याक्त गरेको हो । शोक सभामा शिक्षालयका प्रमुखका साथै शिक्षालयमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
स्थापना काल देखि नै शिक्षालयमा प्रशासकीय सहायकको रुपमा कार्यरत डुम्रेको निधनले शिक्षालयमा अपुरणीय क्षती पुगेको शिक्षालयले जनाएको छ । मृतक डुम्रेको श्रीमती एक छोरी बुबा आमा दुई बहिनी र एक भाइ रहेका छन् । विगत केही वर्ष देखि मृगौला रोगबाट ग्रसित डुम्रेको काठमाडौंमा उपचारकै क्रममा मंगलबार मृत्यु भएपछि बुधबार राम्दीमा दाहा संस्कार गरिएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal