प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा सुवेदी,तीन पत्रकार सम्मानीत
वालिङ,१० माघ– प्रेस चौतारी नेपाल स्याङ्जा शाखाको अध्यक्षमा सुशिल सुवेदी निर्वाचित हुनुभएको छ ।
चौतारीको सोमबार वालिङमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले सुशिल सुवेदीको १९ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा मणिप्रसाद अर्याल र कला राना, सचिवमा जिवन अर्याल, सहसचिवमा सुनिल न्यौपाने र राधाकृष्ण शर्मा कोषाध्यक्षमा माधव गैह्रे रहुनभएको छ भने सदस्यहरुमा मोहन सुनार, हरि अर्याल, पुर्णिमा नेपाली, अनिता गौतम, नारायण चापागाई, माधवप्रसाद रेग्मी, सविन लामिछाने, द्रवेन्द्रदेव खनाल, र नारायणप्रसाद कोईराला रहनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश अध्यक्ष सुष्मा पौडेलले शपथ ग्रहण गराउनुभएको थियो भने दुई जना सदस्य पछि मोनीत गर्ने गरी १९ सदस्यीयकार्य समिति गठन गरिएको प्रेस चौतारी स्याङ्जाले जनाएको छ ।
यसै गरी प्रेस चौतारी स्याङ्जाले पत्रकारितामा कृयाशिल तीन पत्रकारलाई पुरस्कृत समेत गरेको छ । गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कारबाट कला राना, इन्द्र ईना स्मृति पुरस्कारबाट मोहन सुनार र सुनिल न्यौपानेलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।
गुप्ततारा पुरस्कारको राशि १० हजार र इन्द्र ईनाको पुरस्कार राशि ५÷५ हजार रहेको छ । पुरस्कारबाट सम्मानीत पत्रकारहरुले सम्मानले आफुहरुलाई पत्रकारिताका क्षेत्रमा लाग्न थप हौसला मिलेको बताएका छन् ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार






















