प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा सुवेदी,तीन पत्रकार सम्मानीत
वालिङ,१० माघ– प्रेस चौतारी नेपाल स्याङ्जा शाखाको अध्यक्षमा सुशिल सुवेदी निर्वाचित हुनुभएको छ ।
चौतारीको सोमबार वालिङमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले सुशिल सुवेदीको १९ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा मणिप्रसाद अर्याल र कला राना, सचिवमा जिवन अर्याल, सहसचिवमा सुनिल न्यौपाने र राधाकृष्ण शर्मा कोषाध्यक्षमा माधव गैह्रे रहुनभएको छ भने सदस्यहरुमा मोहन सुनार, हरि अर्याल, पुर्णिमा नेपाली, अनिता गौतम, नारायण चापागाई, माधवप्रसाद रेग्मी, सविन लामिछाने, द्रवेन्द्रदेव खनाल, र नारायणप्रसाद कोईराला रहनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश अध्यक्ष सुष्मा पौडेलले शपथ ग्रहण गराउनुभएको थियो भने दुई जना सदस्य पछि मोनीत गर्ने गरी १९ सदस्यीयकार्य समिति गठन गरिएको प्रेस चौतारी स्याङ्जाले जनाएको छ ।
यसै गरी प्रेस चौतारी स्याङ्जाले पत्रकारितामा कृयाशिल तीन पत्रकारलाई पुरस्कृत समेत गरेको छ । गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कारबाट कला राना, इन्द्र ईना स्मृति पुरस्कारबाट मोहन सुनार र सुनिल न्यौपानेलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।
गुप्ततारा पुरस्कारको राशि १० हजार र इन्द्र ईनाको पुरस्कार राशि ५÷५ हजार रहेको छ । पुरस्कारबाट सम्मानीत पत्रकारहरुले सम्मानले आफुहरुलाई पत्रकारिताका क्षेत्रमा लाग्न थप हौसला मिलेको बताएका छन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















