आँधिखोला बहुप्रविधिक शिक्षालयका प्रशासकीय सहायक डुम्रेको निधनमा श्रद्धाञ्जली सभा
वालिङ,२० माघ– आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ १३ मा कार्यरत प्रशासकीय सहायक दयाराम डुम्रेको निधन प्रति दुःख व्याक्त गर्दै शिक्षालयमा श्रद्धाञ्जली सभा गरिएको छ । वालिङ नगरपालिका १३ कटौजे निवासी डुम्रेको ३२ वर्षको उमेरमा काठमाडौंमा उपचारका क्रममा मंगलबार निधन भएको थियो ।
डुम्रेको निधन प्रति दुःख व्याक्त गर्दै शिक्षालयले आज (बिहीबार) शिक्षालयमा शोक सभाको आयोजना गरेर डुम्रे प्रति श्रद्धाञ्जली व्याक्त गरेको हो । शोक सभामा शिक्षालयका प्रमुखका साथै शिक्षालयमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
स्थापना काल देखि नै शिक्षालयमा प्रशासकीय सहायकको रुपमा कार्यरत डुम्रेको निधनले शिक्षालयमा अपुरणीय क्षती पुगेको शिक्षालयले जनाएको छ । मृतक डुम्रेको श्रीमती एक छोरी बुबा आमा दुई बहिनी र एक भाइ रहेका छन् । विगत केही वर्ष देखि मृगौला रोगबाट ग्रसित डुम्रेको काठमाडौंमा उपचारकै क्रममा मंगलबार मृत्यु भएपछि बुधबार राम्दीमा दाहा संस्कार गरिएको थियो ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















