गुणस्तरीय विकासमा उपकार सहकारी: केन्द्रीय संघका अध्यक्ष पौड्याल
गोपाल जिटी
वालिङ,१४ पुस- नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष परितोष पौड्यालले स्याङ्जामा भएका सहकारीहरुमा सुरक्षा र गुणस्तरीय प्रणालीभित्र विकास गरेका संस्थाहरुमध्ये उपकार सहकारी रहेको बताउनु भएको छ । स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाको बुधबार सम्पन्न २९ औं वार्षिक साधारणसभा केन्द्रीय संघका अध्यक्ष पौड्यालले उपकार सहकारी नेप्mस्क्युनको सुरक्षा प्रणाली र अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीभित्र अगाडि बढिरहेको बताउनु भएको हो ।
केन्द्रीय संघका अध्यक्ष पौड्यालले सहकारीले लिएको गण्डकी प्रदेशमै अव्वल संस्थाकोरुपमा विकास गर्ने महत्वाकांक्षा र सपनालाई हाँसिल गर्नुपर्नेमा जोडदिनुभयो । यसका लागि शेयर सदस्यको विश्वास र सञ्चालक समितिको निर्दिष्ट आचरण अत्यन्त महत्वपूर्ण हुन्छ । संस्थाको सुरक्षा र प्रवद्र्धन गर्ने हिसावमा केन्द्रीय संघ प्रतिवद्ध रहेको स्पष्ट पार्दै केन्द्रीय संघका अध्यक्ष पौड्यालले संस्थालाई स्थायित्व र दिगोपनाको हिसावमा केन्द्रीय संघ नचुक्ने व्यक्त गर्नुभयो ।
संस्थाले अवलम्वन गरेका नीति र विधि बहु आयामिक छ, । तर सदस्यहरुको विश्वास सिर्जना गर्ने, सदस्यहरुको जीवनस्तर बदल्ने, हिसावले अबका दिनमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । आँप्mनो गन्तव्य र यात्राको विषयमा संस्था स्पष्ट हुनुपर्ने उल्लेख गर्दै केन्द्रीय संघका अध्यक्ष पौड्यालले सदस्यहरुलाई धन सिर्जना र उद्यमशिलताका विषयमा सिकाउनुपर्ने बताउनुभयो । उहाँले सदस्यको क्षमता वृद्धि गर्ने, व्यवसायिकताको ज्ञान दिने, उनीहरुलाई सीप विस्तार गर्ने तथा वित्तीय पहुँच र वित्तीय अवसरको सिर्जना गर्ने विषयमा ध्यान दिन सुझाउनुभयो । यसका लागि रणनीतिक योजना प्रभावकारी हुनुपर्ने भन्दै संस्थाको वित्तीय सक्षमताको हिसावमा संस्था सवल रहेको समेत व्यक्त गर्नुभयो ।
प्राप्त सक्षतालाई प्रविधिले नेतृत्व गनुपर्ने उहाँले व्यक्त गर्नुभयो । जव कुनै शक्ति र सामथ्र्य प्राप्त गरिन्छ, तव त्यो सामथ्र्यमाथि प्रतिक्रियात्मक हमला हुने संसार भरिको नियम भएको व्यक्त गर्दै त्यसको सामना गर्न दृढ र धैर्यता आवस्यक पर्ने उहाँको भनाई छ ।
११ गते आइतबार मिर्मि सेवा केन्द्रबाट सुरु गरेको सहकारीले बुधबार प्रधान कार्यालय वालिङमा प्रतिनिधिमूलक उपस्थितिमा २९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सहकारीले १२ गते चापाकोटको दामाचौर र वालिङ ७ को केवँरे, १३ गते वालिङ सेवाकेन्द्र र बायाँटारी सेवाकेन्द्रमा साधारसभा गरेको थियो ।
कूल ७ हजार १ सय ५१ शेयर सदस्य भएको सहकारीको ७ करोड १३ लाख ६६ हजार ५ सय शेयर पूँजी रहेको र ८५ करोड ८६ लाख ६० हजार ५ सय ७४ को कारोबार गर्न सफल भएको अध्यक्ष बगालेले जानकारी गराउनुभयो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















