कानुङ आँधीखोला सहकारीको तेस्रो साधारण सभा सम्पन्न,पत्रकार र जेष्ठ नागरिकलाई सम्मान

वालिङ,१० पुस– कानुङ आँधीखोला सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै आदिवासी जनजाती आयोगका सदस्य रिना रानाले सहकारीले यहाँका समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि योगदान पु¥याउनु पर्ने बताउनुभयो । सहाकारी नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने बताउदै रानाले सेवा पहिलो प्राथामिकता भएको र नाफा दोस्रो पक्ष रहेकाले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सदस्य खगिसरा थापा, राष्ट्रिय सहकारी बैंक का प्रमुख टिकाराम अधिकारी, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतप्रसाद बगाले, संस्थाका सल्लाहकारहरु तेजबहादुर थापा, तेजन राना, विश्वप्रकाश थापालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष उमेश दर्लामी, सचिव तेजबहादुर आले, कोषाध्यक्ष कुलबहादुर थापा, लेखा संयोजक टोपबहादु थापा र प्रबन्धक दिनेश खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ३६५ जना सेयर सदस्य रहेको संस्थाको १ करोड ८३ लाख, ६८ हजार ८ सय सेयर पुँजी रहेको छ भने ४ करोड ३५ लाख, १५ हजार ९११ कुल निक्षेप, ४ करोड ३५ लाख १५ हजार ९६ ऋण लगानी र १ लाख सेयर लगानी रहेको सहकारीको कुल कारोबार ६ करोड ७६ लाख ४४ हजार ५२८ रुपैँया रहेको छ । संस्थाका अध्यक्ष दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णमाया थापा, सञ्चालन सचिव तेजबहादुर आले र धन्यवाद सदस्य चेतबहादुर थापाले गर्नुभएको थियो। पत्रकारिताका माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुर्याएको भन्दै पत्रकार द्वोय हिमलाल पराजुली र कला राना जेष्ठ नागरिक हर्कबहादुर थापालाई समाजको विकासमा महत्वपूर्ण सहयोग पुर्याको भन्दै सम्मान गरिएको छ ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार