कानुङ आँधीखोला सहकारीको तेस्रो साधारण सभा सम्पन्न,पत्रकार र जेष्ठ नागरिकलाई सम्मान
वालिङ,१० पुस– कानुङ आँधीखोला सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै आदिवासी जनजाती आयोगका सदस्य रिना रानाले सहकारीले यहाँका समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि योगदान पु¥याउनु पर्ने बताउनुभयो । सहाकारी नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने बताउदै रानाले सेवा पहिलो प्राथामिकता भएको र नाफा दोस्रो पक्ष रहेकाले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सदस्य खगिसरा थापा, राष्ट्रिय सहकारी बैंक का प्रमुख टिकाराम अधिकारी, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतप्रसाद बगाले, संस्थाका सल्लाहकारहरु तेजबहादुर थापा, तेजन राना, विश्वप्रकाश थापालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष उमेश दर्लामी, सचिव तेजबहादुर आले, कोषाध्यक्ष कुलबहादुर थापा, लेखा संयोजक टोपबहादु थापा र प्रबन्धक दिनेश खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ३६५ जना सेयर सदस्य रहेको संस्थाको १ करोड ८३ लाख, ६८ हजार ८ सय सेयर पुँजी रहेको छ भने ४ करोड ३५ लाख, १५ हजार ९११ कुल निक्षेप, ४ करोड ३५ लाख १५ हजार ९६ ऋण लगानी र १ लाख सेयर लगानी रहेको सहकारीको कुल कारोबार ६ करोड ७६ लाख ४४ हजार ५२८ रुपैँया रहेको छ । संस्थाका अध्यक्ष दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णमाया थापा, सञ्चालन सचिव तेजबहादुर आले र धन्यवाद सदस्य चेतबहादुर थापाले गर्नुभएको थियो। पत्रकारिताका माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुर्याएको भन्दै पत्रकार द्वोय हिमलाल पराजुली र कला राना जेष्ठ नागरिक हर्कबहादुर थापालाई समाजको विकासमा महत्वपूर्ण सहयोग पुर्याको भन्दै सम्मान गरिएको छ ।
ताजा
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
























