स्मार्ट वालिङको सडक हिउँदमा हिलाम्मे

गोपाल जि टी

वालिङ,२९ मङ्सिर– स्मार्टसिटीको अवधारणा सहित अगाडि बढेको स्याङ्जाको वालिङ नगरमा मध्य हिउँदका बेलापनि सडक हिलाम्मे भएर नागरिकहरु सास्ती खेपिरहेका छन् । नगरपालिकाको केन्द्र मानिने वडा नम्वर ८ मा सडक हिलाम्मे भएर नागरिकहरुले सास्ती खेप्न बाद्य भएका हुन् । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजार चोकदेखि झण्डै १ किलोमिटर दक्षिण मियालेटोल नजिकैको सडक पानीको निकास नहुँदा अस्तव्यस्त छ । झण्डै एक महिनादेखि सडक हिलाम्मे भएर हिडडुल गर्न समेत मुश्किल परिरहेको छ ।

स्मार्टसिटीका लागि विभिन्न सुचकाङ्कहरु तयार गरी आप्mना गतिविधि सञ्चालनमा ल्याएको नगरपालिकाले उद्घोष गर्दै आएका आएको छ । तर मध्य हिउँदका बेलामा पनि सवारी साधनमात्र नभएर पैदल हिँड्न समेत मुश्किल छ । यो क्षेत्रमा रहेका साढे तीन दर्जन घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । यहि बाटो भएर वालिङदेखि काफलडाँडा हुँदै चापाकोटसम्म जाने दर्जनौ साना गाडिहरु दैनिक गुडिरहेका हुन्छन् । यसका साथै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व रहेको प्रसिद्ध गह«ौंसुर मन्दिरमा पनि यहि बाटो भएर जानुपर्छ । वडा अध्यक्ष कमल सुवेदीलाई पटक पटक गरेका गुनासाको कुनै सुनुवाई नभएको स्थानीयहरु बताउँछन् ।

स्थानीय मियाँले टोलवासीका साथै विपीचोकवासीको समेत पाइपात पर्नेहुँदा धेरैले सास्ती भोग्न बाद्य छन् । सडक विस्तारका नाममा करोडौं बजेट खर्च गरिएको भएपनि नालीको समेत व्यवस्था हुन नसक्नु दुःखको कुरा हो ।

सिंह दरबारको अधिकार स्थानीय सरकारमा आएको यहि हो त ? आज वालिङ नगरवासीहरुलाई यहि प्रश्नले सताइरहेको छ । सुनुवाई गर्नुपर्ने निकायले नै गुनासा र समस्या सुन्दैन भने अब कोसँग गुहार माग्ने ?भनी नागरिकहरु पिडामा छन् । स्थानीय निर्वाचन भएको ४ वर्ष पूरा भैसक्दासम्म पनि शाखा सडकको समेत व्यवस्थापन नहुनुले आम नागरिकहरुमा चासोको विषय बनेको छ ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal