तुलसीभञ्ज्याङ्ग साना किसान कृषि सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न
गल्याङ,२५ मङ्सिर– तुलसीभञ्ज्याङ्ग साना किसान कृषि सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार गल्याङमा आयोजित साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मीले तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारीले जनता संंग प्रत्यक्ष जोडिएर जिवनस्तर माथि उठाउने अभियानको नेतृत्व गरिरहेको बताउदै संस्थाका थप प्रगतिको शुभकामना व्याक्त गर्नुभयो ।
प्रदेश सभा सदस्य रेग्मीले सहकारीले त्यस क्षेत्रका किसानहरुमा जागरण ल्याएको समेत बताउनुभयो । सहकारी शेयर सदस्यहरुको दुःख सुखको साथि भएको बताउदै कसरी शेयर सदस्यहरुलाई आर्यआर्जनको माध्यम संग जोडन सकिन्छ भन्ने योजना बनाएर काम गर्न सकेको खण्डमा सहकारीको अभियान सफल हुने बताउनुभयो ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एवंं गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले गाउँगाउँका किसानहरुलाई सोरोजगार बनाउने अभियान नै सञ्चालन गरेको बताउदै नगरपालिकाको तर्फबाट समेत अभियानमा सहयोग गर्ने बताउनुभो । कोही किसानले व्यावसाय सञ्चालन गर्न चाहेको अवस्थामा आर्थि समस्याका कारण खुम्चिएर बस्नुपर्ने अवस्थाको सिर्जना हुन नदिने बताउदै किानको पिरमर्कामा सहकारी सहयोग बनेर अगाडी बढ्ने बताउनुभयो । ससम्पन्न भएको हो । नगरप्रमुख अधिकारीले सहकारीका शेयर सदस्यहरुको लागि उपचारको लागि समेत आर्थिक सहयोग गर्ने बताउदै त्यसप्रकारको रकम बढाउन समेत सञ्चालक समिति समक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलिप कुमार बगाले, भैंसीजोन स्याङ्जाका अध्यक्ष एवं सहकारी अभियान्त पुण्यप्रसाद अर्याल लगायतले बोल्नुभएको थियो । सहकारीका अध्यक्ष दलबहादुर सिंजालीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चार हजार बढि शेयर सदस्यहरु रहेको सहकारीको साधारण सभामा जेष्ठ नागरीकका साथै सञ्चार कर्मी एवं गल्याङ एफ एमकी समाचार प्रमुख अस्मिता रानालाई सम्मान गरिएको थियो । सहकारीले कोरोना संक्रमण (कोभिड १९ ) का कारण ज्यान गुमाएका संस्थाका शेयर सदस्यका परिवालाई समेत राहात रकम हस्तान्तरण गरेको थियो ।
ताजा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार


























