वालिङ नगरपालिकाद्वारा टोलमै पुगेर पशु स्वास्थ्य सेवा दिन सुरु

वालिङ,२३ मङ्सिर– वालिङ नगरपालिकाले टोल टोलमै पुगेर पशु स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरेको छ ।

वालिङ नगरपालिका पशु सेवा शाखाले टोल टोलमा पुगेर पशु स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने र समस्या समाधानका लागि पहल गर्ने अभियानको आज नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ ४ च्यारेमा उद्घाटन गर्नुभएको हो ।

नगरपालिकाका विभिन्न वडामा पशुपालन गर्दै आएका किसानहरुलाई ब्यवसायिकतातर्फ आकर्षित गर्न र ब्यवसाय सञ्चालनका क्रममा आईपरेका समस्याहरुको समाधानका लागि सहयोग गर्ने उद्देश्यसहित अभियानको थालनी गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

परम्परागत र निर्वाहमुखी पशुपालनभन्दा पनि ब्यवसायिकतातर्फ जोड दिनुकासाथै आईपरेका समस्याहरुकाबारेमा सम्बोधन गर्नका लागि आवश्यक नीति नियमहरु बनाउन सहयोग पुग्ने विश्वास नगर प्रमुख खाँणले ब्यक्त गर्नुभयो ।

नगरपालिकाले वडाहरुमा पशु प्राविधिकहरु थप गरी समयमै पशुसम्बन्धी स्वास्थ्य सेवा तथा पशुपालन गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा समाधान गर्दै लगिने नगर प्रमुख खाँणले बताउनुभयो । चालु आर्थिक वर्षमा नगरका विभिन्न वडामा यो अभियान सञ्चालन गरिने पशु सेवा शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।

नगरपालिकाको प्रत्यक्ष प्राविधिक सेवा नपुगेका टोलहरुमा पशुपंक्षीको स्थलगत उपचार, निशुल्क औषधि वितरण र गोठ तथा फर्ममै पुगेर पशु तथा पंक्षीहरुको निरीक्षणसँगै आवश्यक परामर्श तथा सुझावहरु दिईने शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal