वालिङ नगरपालिकाद्वारा टोलमै पुगेर पशु स्वास्थ्य सेवा दिन सुरु
वालिङ,२३ मङ्सिर– वालिङ नगरपालिकाले टोल टोलमै पुगेर पशु स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरेको छ ।
वालिङ नगरपालिका पशु सेवा शाखाले टोल टोलमा पुगेर पशु स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने र समस्या समाधानका लागि पहल गर्ने अभियानको आज नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ ४ च्यारेमा उद्घाटन गर्नुभएको हो ।
नगरपालिकाका विभिन्न वडामा पशुपालन गर्दै आएका किसानहरुलाई ब्यवसायिकतातर्फ आकर्षित गर्न र ब्यवसाय सञ्चालनका क्रममा आईपरेका समस्याहरुको समाधानका लागि सहयोग गर्ने उद्देश्यसहित अभियानको थालनी गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
परम्परागत र निर्वाहमुखी पशुपालनभन्दा पनि ब्यवसायिकतातर्फ जोड दिनुकासाथै आईपरेका समस्याहरुकाबारेमा सम्बोधन गर्नका लागि आवश्यक नीति नियमहरु बनाउन सहयोग पुग्ने विश्वास नगर प्रमुख खाँणले ब्यक्त गर्नुभयो ।
नगरपालिकाले वडाहरुमा पशु प्राविधिकहरु थप गरी समयमै पशुसम्बन्धी स्वास्थ्य सेवा तथा पशुपालन गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा समाधान गर्दै लगिने नगर प्रमुख खाँणले बताउनुभयो । चालु आर्थिक वर्षमा नगरका विभिन्न वडामा यो अभियान सञ्चालन गरिने पशु सेवा शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।
नगरपालिकाको प्रत्यक्ष प्राविधिक सेवा नपुगेका टोलहरुमा पशुपंक्षीको स्थलगत उपचार, निशुल्क औषधि वितरण र गोठ तथा फर्ममै पुगेर पशु तथा पंक्षीहरुको निरीक्षणसँगै आवश्यक परामर्श तथा सुझावहरु दिईने शाखा प्रमुख अधिकारीले बताउनुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार






















