नेवा गुठीको ६७ औ वार्षिक पंचवली पुजा सम्पन्न
नेवा गुठीको ६७ औ वार्षिक पंचवली पुजा सम्पन्न
स्याङ्जा,२५ मङ्सिर– पुतलीबजारमा रहेको पुतलीबजार नेवा गुठीको ६७ औ वार्षिक पंचवली पुजा शनिवार सम्पन्न भएको छ ।
स्याङ्जा जिल्लाको पुरानो नेवा गुठीको नेतृत्वमा पुतलीबजार ३ पुतलीखेतमा नेवा संग्रहालय निर्माणाधीन रहेको छ । उक्त संग्रहालयमा जिल्लामा भएका सबै जातजातिको पहिचान खुल्ने गरि व्यवस्थापन गर्ने कार्यको तयारीमा लागेको अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।
गुठीका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गुठीका पुजारी तथा सल्लाहकार शुशिल कुमार श्रेष्ठ, सल्लाहकार शेखर प्रधान, मखमलि श्रेष्ठ, अनन्तकुमार श्रेष्ठले मन्तब्य राख्नु भएको थियो भने कोषाध्यक्ष उत्तमकुमार श्रेष्ठले आय ब्याय प्रस्तुत गर्नु भएको थियो ।
गुठीले नेवारी कला संस्कृतिको संरक्षण गर्न विविध कार्यक्रमहरू संचालन गर्ने गरेको छ ।
कार्यक्रममा गुठीयारहरूले विभिन्न विधामा सफलता प्राप्त गरेका व्याक्तिहरुलाई बधाई दिनुका साथै सम्मान समेत गरेको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















