गण्डकी समाचारकी कार्यकारी सम्पादक राना सञ्चारिका समूहको अध्यक्षमा निर्वाचित

वालिङ,२१ मङ्सिर– गण्डकी समाचर डक कमकी कार्यकारी सम्पादक कला राना सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

मंगलबार वालिङमा सम्पन्न तेस्रो अधिवेसनले रानाको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्म चयन गरेको हो । जसको उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा आरती कुँवर, कोषाध्यक्षमा अस्मिता राना रहनुभएको छ भने सदस्यहरुमा फुलमाया रश्मी भट्टराई, ममता ज्ञवली, अनिता गौतम, कामना सुनार, गीता भट्टराई, रहनुभएको छ । समूहको सल्लाहकारहरुमा भवानी अधिकारी र शान्ता थापा रहनुभएको छ ।

वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारीलले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समुहलाई सहयोग गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै उपप्रमुख तिवारीले महिला पत्रकारहरुको हकअधिकार र क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले पत्रकार महासंघ महिला पत्रकारहरुलाई संगसंगै अगाडि बढाउन प्रतिवद्ध रहेको बताउदै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा निर्वतमान अध्यक्ष भवानी अधिकारीले नवनिर्वाचित समितिलाई थप क्रियाशिल भएर अगाडि बढ्न आग्रह गर्दै सँधै समूहकै साथमा रहेको बताउनुभयो ।

महिला पत्रकारहरुको भेलाले निर्वतमान अध्यक्ष अधिकारीलाई गण्डकी प्रदेश तथा केन्द्रिय कार्यसमितिमा पठाउने र स्थानीय पालिकासंग समन्वय गर्दै पत्रकारहरुको क्षमता विकास र दक्षता अभिवृद्धिका लागि प्रस्ताव पशे गर्ने निर्णय समेत गरेको नवनिर्वाचित अध्यक्ष रानाले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal