रापाकोट कालिका साना किसान कृषि सहकारीको साधारणसभा सम्पन्न
वालिङ,२१ मङ्सिर– अर्जुनचौपारी गाउँपालिका ३ मा रहेको रापाकोट कालिका साना किसान कृषि सहकारी संस्था लिमिटेडको दास्रो साधारणसभा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा उपाध्यक्ष गुरुङले सहकारीले शेयरसदस्यको आयआर्जन बृद्धि गर्ने अभियानमा विशेष ध्यान दिनुपर्ने बताउदै सहकारी भनेकै एक अर्काको सहकार्यबाट सञ्चान हुने भएकोले यस विषमा सञ्चालकहरुले विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
संचालक एवं संस्था प्रबन्धक गणेश प्रसाद पौडेलले संस्थाको आय व्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
शेयर सदस्यहरुबाट संस्था सुधारका लागि सुझाव संकलन गर्दा ९०% भन्दा बढिले अध्यक्ष परिवर्तनको माग राखेकोले पूर्व संचालक समितिका सदस्य विष्णु प्रसाद ढकालको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरिएको छ । पुर्व अध्यक्ष उदयराज काफ्लेलाई संस्थापक अध्यक्षको हैसियतले सल्लाहकार समितिको संयोजक बनाइएको गणेश प्रसाद पौडेलले जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















