एमालेको दशौं महाधिवेशनमा सचिवमा उमेदवारी दिने नेतृ अर्यालको तयारी

फाइल तस्बिरः

स्याङ्जा,९ मङ्सिर– भोलीदेखि चितवनमा सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा विभिन्न पदमा उमेदवारी दिने आकांक्षीहरुले बिभिन्न माध्यामबाट आफ्नो उमेदवारी सार्वजनीक गरिरहेका बेला नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पद्माकुमारी अर्यालले सचिवमा उमेदवारी दिने तयारी गर्नुभएको छ ।

लामो समयदेखि एमालेको राजनीतिमा सकृय रहदै आउनुभएकी नेतृ अर्यालले आफुलाई एक बलियो दावेदारका रुपमा प्रस्तुत गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्त्री मण्डलमा रहेर तीन तीनवटा मन्त्रालय समाल्दा कामकै कारण चर्चामा आउनुभएकी पूर्व मन्त्री अर्यालले आफुले उमेदवारी दिने बताउनुभयो ।

अर्याल नेकपा (एमाले) स्याङ्जाको जिल्ला अध्यक्ष हुदै केन्द्रीय सदस्य बन्नुभएको हो । ओली सरकारमा रहेर सरकारको उपस्थिती देखिने गरी काम गरेकोले पनि आर्यालको मन्त्री कार्यकाल मन्त्रीरहदा सम्म मात्रै नभएर अहिले पनि चर्चामा छ । अर्याल मन्त्रीको रुपमा रहदा पहिलोपटक नेपालले नै सगरमाथाको उचाइँ नापने काम सम्पन्न गर्नुका साथै भारतले अतिक्रमण गरेको कालापानी, लीपुलेक र लिम्पिया धुरालाई समेटेर नेपालको नक्सा जारी गर्नुका साथै मालपोत कार्याललाई प्रविधी मैत्री बनाएर चर्चामा आउनुभएको थियो । पार्टीलाई गतिशिल्ता दिनुका साथै मज्बुद बनाउन आफुले उमेदवारी दिन लागेको नेतृ अर्यालले बताउनुभयो ।

यसै गरी जिल्लाबाट करिब आधा दर्जन नेताहरुले केन्द्रीय सदस्यमा उमेदवारी दिने तयारी गरेका छन् । केन्द्रीय सदस्यमा उमेदवारी दिनेहरु एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस), प्रतिनिधि सभासदस्य नारायणप्रसाद मरासिनी, गण्डकी प्रदेश सभासदस्य मोहनप्रसाद रेग्मी, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, अनेरास्ववियुका पूर्व केन्दीय अध्यक्ष किशोर विक्रम मल्ल, शोभियत ढकाल लगायतले केन्द्रीय सदस्यमा उमेदवारी दिने तयारीमा लाग्नुभएको छ । नेताहरुले आआफ्ना नजिकका कार्यक्रता मार्फत उमेदवारीको घोषणा गर्ने कार्य सुरुभएको छ ।

ताजा

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal