वालिङमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु

वालिङ,९ मङ्सिर- वालिङ नगरपालिकाले लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु गरेको छ । नगरपालिकाले आजबाट प्रतिवद्धता सहित लैंगिक हिंसा विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको हो । लंैगिक हिंसा सबैभन्दा बढी घर भित्रबाटै सुरु हुने भन्दै यसवर्षको दिवसको नारा नै ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरांै’ राखिएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा विश्व भरिनै आजबाट १६ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । लिङ्गको आधारमा गरिने सबै खाले विभेद अत्यको लागि यो दिवस मनाउने गरिएको हो । नोभेम्बर २५ बाट सुरु हुने यो अभियान १० डिसेम्बरको दिन सकिन्छ । १० डिसेम्बर अर्थात् विश्व मानव अधिकार दिवसको दिन अभियान समापन हुन्छ ।

लैंगिक हिंसाको अन्त्य हुनुपर्ने भन्दै सबैले समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएकाले लिङ्गका आधारमा हुने सबैखाले हिंसा निरुत्साहित गर्न हस्ताक्षर संकलन शुरु गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । लिङ्गका आधारमा गरिने हिंसा अन्य हिंसाको तुलनामा बढी रहेकोले यसको न्यूनिकरणका लागि नगरपालिकाले थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।

१६ दिनसम्म मनाईने यस अभियानलाई थप प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुहुन नगर उपप्रमख कल्पना तिवारीले जोड दिनुभयो । उहाँले नेपालको पितृसतात्मक समाजमा अझै पनि छोरा र छोरीलाई गरिने व्यवहार, महिला माथि हुने हिंसाको अन्त्य हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले लिङ्गका आधारमा कोहीमाथि पनि हिंसा गर्न नहुने बताउँदै आगामी दिनमा थप सीप, तालीम तथा प्रशिक्षणका कार्यक्रमहरु ल्याउने उल्लेख गर्नुभयो ।

नगरपालिकाको मूलद्वारमा १६ दिनसम्म म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु लेखिएको ब्यानरमा हस्ताक्षर संकलन गरिने भएको छ । आजै बिहान प्लेकार्डसहित वालिङ बजार परिक्रमा गरिएको थियो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal