वालिङमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु

वालिङ,९ मङ्सिर- वालिङ नगरपालिकाले लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु गरेको छ । नगरपालिकाले आजबाट प्रतिवद्धता सहित लैंगिक हिंसा विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको हो । लंैगिक हिंसा सबैभन्दा बढी घर भित्रबाटै सुरु हुने भन्दै यसवर्षको दिवसको नारा नै ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरांै’ राखिएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा विश्व भरिनै आजबाट १६ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । लिङ्गको आधारमा गरिने सबै खाले विभेद अत्यको लागि यो दिवस मनाउने गरिएको हो । नोभेम्बर २५ बाट सुरु हुने यो अभियान १० डिसेम्बरको दिन सकिन्छ । १० डिसेम्बर अर्थात् विश्व मानव अधिकार दिवसको दिन अभियान समापन हुन्छ ।
लैंगिक हिंसाको अन्त्य हुनुपर्ने भन्दै सबैले समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएकाले लिङ्गका आधारमा हुने सबैखाले हिंसा निरुत्साहित गर्न हस्ताक्षर संकलन शुरु गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । लिङ्गका आधारमा गरिने हिंसा अन्य हिंसाको तुलनामा बढी रहेकोले यसको न्यूनिकरणका लागि नगरपालिकाले थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।
१६ दिनसम्म मनाईने यस अभियानलाई थप प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुहुन नगर उपप्रमख कल्पना तिवारीले जोड दिनुभयो । उहाँले नेपालको पितृसतात्मक समाजमा अझै पनि छोरा र छोरीलाई गरिने व्यवहार, महिला माथि हुने हिंसाको अन्त्य हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले लिङ्गका आधारमा कोहीमाथि पनि हिंसा गर्न नहुने बताउँदै आगामी दिनमा थप सीप, तालीम तथा प्रशिक्षणका कार्यक्रमहरु ल्याउने उल्लेख गर्नुभयो ।
नगरपालिकाको मूलद्वारमा १६ दिनसम्म म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु लेखिएको ब्यानरमा हस्ताक्षर संकलन गरिने भएको छ । आजै बिहान प्लेकार्डसहित वालिङ बजार परिक्रमा गरिएको थियो ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार