एमालेको १०औं महाधिवेशन आजदेखि, चितवन एमालेमय
चितवन,१० मङ्सिर- नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । चितवनको नारायणी नदी किनार क्षेत्रमा लाखौं कार्यकर्ताहरुको उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशन उदघाटन गर्ने कार्यक्रम छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम अहिले पनि जारी छ ।
महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा अत्याधुनिक सुविधासहितको मञ्च निर्माण गरिएको छ । बन्दसत्र सौराहामा गरिँदै छ । बन्द सत्र भने भोलिदेखि मात्रै सुरु हुनेछ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय कमिटीका अधिकांश नेताहरु हिजो नै चितवन आइपुग्नुभएको छ ।
एमालेमा निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुँदैछन् । कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्ने छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























