महान सुपुत्र जन्माउने आमा बुबा भाग्यमानी: स्वामी रामदेव
वालिङ, ४ मङ्सिर– योगऋषि स्वामी रामदेवले महान सुपुत्रलाई यस धर्तीमा जन्म दिनुहुने आमाबुवा भाग्यमानी भएको बताउनुभएको छ ।
स्याङ्जाको वालिङ–६ भरुवास्थित आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजका पिता जयबल्लभ सुवेदीको शुक्रबार आयोजित चौरासी पूजामा उहाँले यस्ता महान सुपुत्र जन्माउने भाग्यमानी आमाबुवाको यसरी नै १०० वर्ष हर्सोल्लाससहित जन्मदिवस मनाउन पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो ।
सोही अवसरमा आचार्य बालकृष्णजी महाराजले आमाबुबासँगै सशरीर रहेर सेवा गर्न नपाए पनि आफ्नै आमाबुबा जस्तै करोडौँलाई पतञ्जलिमार्फत सेवा गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । आफू अहिले जुन ठाउँमा भए पनि आफ्नो बाल्यकाल बितेको ठाउँको सम्झना, झझल्को आइरहने गरेको उहाँले बताउनुभयो ।
योगगुरु रामदेव र आफ्नो शरीर दुई वटा भए पनि विचार, भावना र कर्म एउटै भएको आचार्य बालकृष्णले बताउनुभयो । नेपालका लागि पतञ्जलिमार्फत थुप्रै योजना बनाएको बताउँदै उहाँले मिलेर कार्य गर्ने धारणा व्यक्त गर्नुभयो ।
बुबाको सहस्र पूर्णचन्द्र दर्शनका अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती ९लक्ष्यवर्ती० कार्यक्रममा सहभागी हुन आउनुभएको हो । उहाँहरू आज नै काठमाडौँ फर्किनुभएको छ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ ।रासस
ताजा
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
२०८२ चैत्र २६ गते, बिहीबार
सूर्योदय
२०८२ चैत्र २३ गते, सोमबार





















